२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

नौ जनालाई नइ बाल पुरस्कार

नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका नौ जना बालबालिकालाई २०७७ सालको नइ बाल पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ। नइ प्रकाशनले सुश्री सोइना दाहाललाई ‘नइ देरुनीखपू बाल बहुआयामिक पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।

त्यसैगरी साहित्यतर्फ श्री सुविन रिमाल, चित्रकलातर्फ श्री देभान्स अग्रवाल, सङ्गीततर्फ सुश्री सफलता श्रेष्ठ, नृत्यतर्फ सुश्री अदिति उपाध्याय र खेलकुदतर्फ श्री ऋषान्त घिमिरेलाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गरिने भएको छ।

यी सबै पुरस्कार ताम्रपत्रका साथै जनही दस हजार रुपैयाँ राशिका हुनेछन्।

नइ प्रकाशनले दस वर्ष ननाघेका श्री समीर डङ्गोललाई सङ्गीत र सुश्री युकी कुँवरलाई नृत्यतर्फको ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ समर्पण गर्ने भएको छ।

ताम्रपत्रसहितको यी दुवै पुरस्कारमा जनही सात हजार रुपियाँ राशि रहेका छन्। त्यसैगरी पाँच वर्षीय सुश्री दृश्ना महर्जनलाई ताम्रपत्रका साथै पाँच हजार रुपैयाँ राशिको ‘नइ देरुनीखपू चिचिला पुरस्कार’ समर्पण गरिने भएको छ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो।

प्रकाशित: १३ वैशाख २०७८ १४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App