१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

आइकिडोको सातौं डान ग्रेडिङ सम्पन्न

आइकिडो आइकिकाई संघले सातौं डान ग्रेडिङको परीक्षा सम्पन्न गरेको छ। डान ग्रेडिङमा सहभागी सबै खेलाडी परीक्षामा उत्तीर्ण भएका छन्।

परीक्षामा उत्तीर्ण वर्षका उत्कृष्ट खेलाडीलाई बाग्मती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री दीपेन्द्र श्रेष्ठले प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए। कार्यक्रममा आइकिडोका खेलाडीले ‘डेमोन्सट्रेसन’ पनि प्रस्तुत गरेका थिए।

मन्त्री श्रेष्ठले आत्मसुरक्षाका लागि यो खेल निकै उपयोगी भएको हुँदा हरेक व्यक्तिले प्रशिक्षण लिन आवश्यक रहेको बताए। उनले यस खेललाई नेपालभर  विकास र विस्तार गर्नुपर्नेमा जोड दिए।

आइकिडो आइकिकाई खेल जापानका मोरिह्यई उएसिबाले १९४० मा प्रतिपादन गरेका थिए। अहिले यो खेल करीब १४० देशमा खेल्ने गरिन्छ।

आइकीडो आइकिकाई संघले १३ वर्षदेखि नेपालमा प्रशिक्षण दिंदै आएको छ। अहिले काठमाडौं, पोखरा र तनहुँ जस्ता ठाउँमा प्रशिक्षण भइरहेको छ। यस खेललाई नेपालमा भित्राउन अर्जुन श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका थिए। उनले सिंगापुर र जापानबाट प्रशिक्षण लिएर आएका थिए।

प्रकाशित: ४ माघ २०७८ ०३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App