४ असार २०८१ मंगलबार
image/svg+xml
समाज

थेम्मृङ पत्रकारिता पुरस्कारबाट अग्रज सञ्चारकर्मी जोशी सम्मानित

यो वर्षको थेमृङ पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार प्रवीणराज जोशी सम्मानित भएका छन्। विगत २४ वर्षदेखि स्टार एक्सप्रेस साप्ताहिक, २०३५ सालदेखिको श्रृङखला साहित्यिक मासिक र शैक्षिक मञ्च पत्रिकाका सम्पादक तथा प्रकाशक जोशी थेम्मृङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन्।  

उनलाई शनिबार मध्यपुर सञ्चार समाजको चौथो अधिवेशनका अवसरमा सम्मान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेल, मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलगायतले सम्मान गरेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला शाखाका अध्यक्ष रामगोपाल तमखुलगायतले शुभकामना व्यक्त गरेका थिए।

अधिवेशनले बाबुकाजी साःछेँ श्रेष्ठको अध्यक्षतामा समाजको नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा सागर गुरागाइँ, सचिवमा सुमन श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रकृष्ण (गोपाल) श्रेष्ठ, सहसचिवमा विशेश्वर श्रेष्ठ चुनिएका छन्।

सदस्यहरुमा क्रमशः ज्ञानदेव श्रेष्ठ, कृष्णकाजी मानन्धर, ईश्वरलाल श्रेष्ठ र सुरेश ख्वाक श्रेष्ठ चुनिएका छन्।

प्रकाशित: २५ मंसिर २०७८ ०६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App