२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सौरभले पाए अन्तर्राष्ट्रिय पुरस्कार

समाजसेवी सौरभ रिमाल अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन्।

रिमाल बाबासाहेब आम्बेडकर भनेर चिनिने भीमराव रामजी ‘श्री आम्बेडकर सेवा श्री पुरस्कार’बाट सम्मानित भएका हुन्। बिगत लामो समयदेखि दलित अधिकारका क्षेत्रमा काम गर्दै आएका सौरभले उक्त पुरस्कार प्राप्त गरेका हुन्। 

कोरोनाको कहरका बेला लकडाउनका समयमा पशु तथा चौपायालाई खाना दिएर चर्चामा आएका सौरभले ३७औँ सेवा श्री पुरस्कारबाट सम्मानित भएका हुन्। अम्बेडकर भारतीय संविधानका जनक एवम् भारत गणराज्यका निर्माता समेत हुन्।

के फाउन्डेसन मार्फत समाज सेवा गरिरहेका सौरभ नेपालमा मात्रै सिमित छैनन्। उनि भारत, जमैका, अफगानिस्थान र श्रिलङ्कामा समेत समाज सेवा मार्फत काम गरिरहेका छन्। उनको मुख्य कार्यालय काठमाडौंमा रहेको छ।

प्रकाशित: २६ मंसिर २०७८ ०५:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App