२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सीमा क्षेत्रमा श्रृंखलाबध्द झडप र आक्रमण

सुनसरीको सीमावर्ती क्षेत्रमा श्रृखलाबध्द रुपमा झडप तथा आक्रमणका घटनाले प्रहरी र स्थानीयबीच असमझदारी हुने गरेको छ । शुक्रबार राति तस्कर र सशस्त्र प्रहरीबीच सुनसरीकै हरिनगर वडा नं. को मोहरम चौकमा झडप हुँदा दुई जना घाइते भए ।

सीमावर्ती क्षेत्रको डुबानबारे नेपालले भारतसँग वार्ता गर्ने

सरकारले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा द्विपक्षीय वार्ता गर्ने भएको छ। नदी तथा खोलाको प्राकृतिक बहाव नै रोकिने गरी सीमावर्ती क्षेत्रमा सडक तथा अन्य संरचना खडा गरिएका कारण वर्षाको समयमा ठूलो क्षति हुने गरेको छ। यस्तै पानीको प्राकृतिक बहाव रोकिने गरी निर्माण भएका संरचनाले पनि सीमावर्ती क्षेत्रमा समस्या पर्दै आएको छ।

भारतबाट फर्कनेको लर्को रोकिएन

भारतका बिभिन्न ठाउँमा रहेका नेपालीहरू सुदूरपश्चिम फर्कने क्रम अझै रोकिएको छैन । सुदूरपश्चिमका मुख्य नाका कैलालीको त्रिनगर र कंचनपुरको गड्डाचौकीमा भारतबाट फर्कने क्रम जारी छ । प्रत्येक दिन यि दुई नाकामा सयौं नेपाल भित्रिने गरेका छन्।

जुम्ला पुग्यो सलह

जुम्लाको पातारासी गाउँपालिकामा सहल पुगेको छ । छिमेकी जिल्ला रुकुम र जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हो ।

भ्रष्टाचारले सीमा नाघ्यो : सांसद राई

प्रदेश नम्बर १ का सांसद राजन राईले भ्रष्टाचारले सीमा नाघेको बताएका छन् । प्रदेशसभा संसदमा बोल्दै सांसद राईले ‘सरकारको नियतमाथि शंका गर्ने ठाउँ नभए पनि क्रियाकलापमाथि शंका गर्ने ठाउँ भेटिएको’ दाबी गरेका छन् ।

बाढीको हल्लाले सीमावर्ती क्षेत्रका साथै सदरमुकाममा त्रास

लगातार बर्षा हुने र बाढीले डुबानमा पर्ने हल्ला फैलिएसँगै जिल्ला सदरमुकाम गौरसँगै सीमावर्ती क्षेत्रका गाउँहरुमा त्रासको वातावरण देखिएको छ ।

डिङ्जी काउन्टी सरकारले दिएका स्वास्थ्य सामग्री फुङ्लिङ आई पुग्यो

चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टी सरकारले ताप्लेजुङका लागि उपलब्ध गराएको आरडिटी किटसहितका सबै स्वास्थ्य सामग्री फुङ्लिङ आई पुगेको छ ।

सीमा नाका बन्दः नेपालगञ्जमा चहलपहल

कोरोना महामारी सङ्क्रमण रोकथामका लागि नेपाल–भारत जमुनाह नाका बन्द भएपछि नेपालगञ्जमा व्यापारिक चहलपहल बढेको छ।

सीमावर्ती क्षेत्रमा संक्रमण जोखिम बढ्दै

कोरोनाको त्रास बढ्दै गएपनि मोरङमा भारतसँगको सीमा क्षेत्रमा ओहोरदोहोर गर्ने क्रम रोकिएको छैन। दुवै देशमा लकडाउन गरी अन्तर्राष्ट्रिय सीमा बन्द भए पनि लुकिछिपी ओहोरदोहोर गर्ने क्रम सीमावर्ती क्षेत्रमा बढ्दो छ।

रौतहटमा हजार बढीले कोरोना जितेर घर फर्किए

रौतहटको विभिन्न आइसोलेसनबाट सफल्तापुर्वक कोरोना माहामारीलाई जितेर अहिलेसम्म साढे ११ सय जना घर फर्केका छन् ।

सीमावर्ती क्षेत्रमा संक्रमणको जोखिम बढ्दै

भारतसँगको मुख्य नाकाहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहे पनि अन्य सहायक नाकाहरूबाट सजिलै मानिसहरू आवतजावत गरिरहेका छन् । खुला सीमानाका कारण भारतबाट नेपाल भित्रन सजिलो हुने गरेको छ । आवतजावत बढेसँगै सहायक नाकाहरूबाट चोरी तस्करी मौलाएको छ ।

भारतीय तटबन्धले बीस वर्षदेखि दिएको दु:ख

नेपालको सीमा मिचेर भारतले एकतर्फी रुपमा बनाएको तटबन्धले रौतहटको ईशनाथ नगरपालिकामा करिब पाँच सय बिघा जमिन डुबानमा पर्ने गरेको छ।

दार्चुलाले पायो अभिभावकत्व

सरकारले नेपालको सरकारी कार्यालयका अतिरिक्त सम्पूर्ण गैरसरकारी, सामाजिक, राजनीतिक, शैक्षिक सबै कार्यालय र कोठा कोठामा नेपालको भर्खरै प्रकाशित नक्सा झुण्ड्याउनुप-यो।

सीमा विवाद : जापानले लियो भारतको पक्ष

सीमा विवादका विषयमा जापानले भारतको पक्ष लिएको छ। भारत–चीन सीमा क्षेत्र लद्दाखमा दुई देशका सैनिकबीच भएको हिंसात्मक झडपका विषयमा भारतका लागि जापानी राजदूत सतोषी सुजुकीले स्पष्ट रूपमा भारतप्रति समर्थन जनाएका हुन्।

‘चीनले सीमा अतिक्रमण गरेको झूटो प्रतिवेदन बनाउनेलाई कारबाही’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपालको सीमा अतिक्रमण गरेको झूटो प्रतिवेदन बनाउनेलाई कारबाही गरिने बताएका छन्। राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै उनले नेपाल–चीनको सीमामा कुनै समस्य नभएको तर केही सानातिना समस्या आए समाधानका लागि स्थायी संयन्त्र बनाउने तयारी भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्