१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भ्रष्टाचारले सीमा नाघ्यो : सांसद राई

खोटाङका प्रदेशसभा सांसद राजन राई । तस्बिर : नागरिक

प्रदेश नम्बर १ का सांसद राजन राईले भ्रष्टाचारले सीमा नाघेको बताएका छन् । प्रदेशसभा संसदमा बोल्दै सांसद राईले ‘सरकारको नियतमाथि शंका गर्ने ठाउँ नभए पनि क्रियाकलापमाथि शंका गर्ने ठाउँ भेटिएको’ दाबी गरेका छन् । प्रदेश सरकारले भ्रष्टाचारमा शुन्य सहनशिलताको नाराअघि सारे पनि खोटाङको विभिन्न योजनामा व्यापक भ्रष्टाचार भएको सांसद राईले बताए । 

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा चालु आर्थिक वर्ष सम्पन्न भइसकेको बञ्चरे खोला डम्बरे कुलोका लागि पुनः ५० लाख बजेट पारेर भ्रष्टाचारलाई प्रश्रय दिइएको, ऐसेलुखर्ककै दोप्सु देसारे मूख्यमन्त्री ग्रामिण कृषि सडकका लागि ८७ लाख बजेट विनियोजन भए पनि ठेकेदारले सडक चौडा मात्र पार्ने नाममा भ्रष्टाचार गर्न खोजिरहेको उल्लेख गरे । 

यस्तै, ऐसेलुखर्ककै विभिन्न स्थानमा विद्युत विस्तारकाक्रममा उपभोक्ताबाट श्रमदान जुटाएर र पैसा उठाएर काम गराएर नेपाल विद्युत प्राधिकरण र ठेकेदारले असाधारण भ्रष्टाचार गरेको सांसद राईले दाबी गरेका छन् । ‘यही वर्ष काम सम्पन्न भइसकेको बञ्चरे खोला डम्बरे कुलो निर्माणका लागि यो वर्ष ५० लाख विनियोजन भएको छ । ऐसेलुखर्क देसारे मूख्यामन्त्री ग्रामिण कृषि सडकका लागि ८७ लाख बजेट परेको छ, तर त्यो काम हुन सकेको छैन । ठेकेदार बाटो बनाउँछौँ तर ढुंगा काट्दैनौं, चौंडा मात्र गर्छौँ भनिरहेको छ,’ खोटाङबाट निर्वाचित सांसद राईले भने, ‘विद्युत प्राधिकरण र ठेकेदारबाट दुई सय प्रतिशत भ्रष्टाचार भएको छ । 

सरकारले सबै काम गर्छ तर स्थानीय जताबाट श्रमदान गराइएको छ, पोल बोक्न पैसा उठाएर असाधारण तरिकाले भ्रष्टाचार गरिएको छ ।’ सांसद राईले आवश्यक परे आवश्यक दसी प्रमाण उपलब्ध गराउने बताएका छन् ।

प्रकाशित: २५ असार २०७७ ११:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App