२४ वैशाख २०८१ सोमबार
image/svg+xml

‘प्रेमगीत ३’ लाई कर छुट दिन चलचित्रकर्मी महासंघको आग्रह

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले ‘प्रेमगीत ३’ मा लाग्ने सम्पूर्ण कर छुट दिन र राज्यको निकायबाट पाउने सम्पूर्ण सेवासुविधा दिन सरकारलाई आग्रह गरेको छ।

भोजपुरमा ८८ प्रतिशत रोपाइँ

कृषि विकास निर्देशनालय प्रदेश नम्बर १ विराटनगका अनुसार भोजपुरमा धान लगाउने क्षेत्रफल १८ हजार ९२ रहेको छ। जसमा १५ हजार नौ सय २० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। भोजपुरको देउराली, टक्सार, कोट, बोखिम, गुप्तेश्वर, मूलपानीलगायत ठाउँलाई धानका लागि पकेट क्षेत्र मानिएको छ।

कोदोको रक्सी: ‘ब्यान्ड भर्सेस ब्रान्ड’को अध्ययन प्रतिवेदन तयार

घरेलु मदिरालाई ब्रान्डिङ, बजारीकरण तथा प्रवर्द्धनका लागि सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले गठन गरेको सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदलले प्रतिवेदन तयार पारेको छ।

जसले पनि कोट्याउँछन् कंक्रिट संरचना !

खोटाङको दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम गुणस्तरहिन भएको व्यापक जनगुनासो आएपछि केही समयअघि जिल्लाका जनप्रतिनिधिले चासो देखाए । प्रदेशसभा सांसद (हाल प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री) उषाकला राई, प्रदेशसभा सांसद रामकुमार राई, जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ लगायतको टोली पत्रकार लिएर दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम अनुगमनमा निस्किए ।

‘केचना टु सगरमाथा’ विशेष परियोजना अध्ययन सुरु: मुख्यमन्त्री राई

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा शनिबार कम्पोष्ट मल तथा बायोग्याँस प्लान्ट उद्घाटन गर्दै राईले विश्वका पर्यटकलाई आकर्षित गर्नका लागि ‘केचना टु सगरमाथा’ नारा दिइएको परियोजनाको अध्ययन सुरु गरिएको जानकारी दिएका हुन्।

भ्रष्टाचारले सीमा नाघ्यो : सांसद राई

प्रदेश नम्बर १ का सांसद राजन राईले भ्रष्टाचारले सीमा नाघेको बताएका छन् । प्रदेशसभा संसदमा बोल्दै सांसद राईले ‘सरकारको नियतमाथि शंका गर्ने ठाउँ नभए पनि क्रियाकलापमाथि शंका गर्ने ठाउँ भेटिएको’ दाबी गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्