१२ पुस २०८१ शुक्रबार
image/svg+xml

जाडोमा बालबालिकाका स्वास्थ्य समस्या

मंसिर, पुस लागेदेखि जाडो हुने, तापक्रम चिसिने क्रम निरन्तर हुन्छ । जाडो मौसममा बालबालिकालाई विशेषगरी छालाको स्वास्थ्य समस्याले सताउने गरेको छ ।

प्रविधिको लतमा बालबालिका

विद्युतीय उपकरण जति भित्रियो त्यो मानिसमा आएको एउटा विकास हो । हामीमा विद्युतीय सामग्री जति भित्रियो त्यसले सबभन्दा ठूलो चुनौती अभिभावकलाई र स्कुललाई दिन्छ । जति विकास हुँदै गयो, त्यसले विनाश पनि त्यत्तिकै हुने गरेको छ । यसले मान्छेका भावना, सृजनशीलता, पारस्परिक सम्बन्धलाई विनाश गर्दै लगेको छ । कुनै स्कुलको प्यारेन्टिङमा गएको बेला, त्यहाँ धेरै अभिभावकले मेरो बच्चाले विद्युतीय सामान धेरै चलाउँछ के गर्ने के गर्ने भन्न थाले । त्यस प्रश्नको उत्तरमा बालबालिकाले ती विद्युतीय सामग्री लिएर जन्मेको त होइन, उसलाई ती सामग्री उपलब्ध गराइदिने त हामीले नै हो भन्नुप-यो ।

बालबालिकालाई डिजिटल खेलौना दिने कि नदिने ?

हिजोआज अब सबैथोक डिजिटल भइसक्यो । जमाना नै डिजिटल भइसक्यो । यस्तो अवस्थामा बालबालिकालाई इन्टरएक्टिभ डिजिटल खेलौना र खास किसिमका मोबाइल–ट्याब एप बनाउन थालिएको छ । तर बालबालिकाका लागि भनेर बनाइएका यस्ता सामग्रीले तिनको भलो गरिरहेको त छ ? अमेरिकामा भएको एउटा शोधले यस प्रश्नको जवाफ दिने प्रयास गरेको छ ।

प्रविधिमा बाल–पहुँच कति फाइदा कति बेफाइदा ?

आज संसारले प्रविधिमा ठूलो फड्को मारेको छ । विश्वव्यापीकरणले गर्दा नेपाल पनि त्यसबाट अछुतो रहने कुरा भएन । दुई दशक अघिसम्म नेपालका गाउँमा सञ्चारका लागि चिठीपत्रको विकल्प थिएन । हिजोआज भने सबैका हातहातमा मोबाइल, कम्प्युटर आदि विद्युतीय सामग्री पुगिसकेका छन् । प्रौढहरुलाई सूचना र सञ्चारको सामग्री बनेका यस्ता साधनहरू बालबालिकाका लागि खेलौना भएका छन् ।

ध्यान दिऔँ बालबालिकाको दिनचर्या

एउटा समयमा नेपाली समाज संयुक्त परिवार हुन्थ्यो । जहाँ तीन पुस्ता एकै ठाउँमा बस्थे । बालबालिकाले आफ्नो खेल्ने साथी दाजुभाइ, दिदीबहिनीका रुपमा पाउँथे । घरका महिलाले देउरानी–जेठानी काम सघाउने सहयोगीका रुपमा पाउँथे । दाजुभाइ एक जुट भएर बाहिरका काम सम्हाल्थे । यस्तो अवस्थामा जो जे कुराका लागि उपलब्ध हुन्थ्यो, उसले बालबालिकालाई स्याहार्नेदेखि उनीहरुको आवश्यकताका कुरालाई ध्यान दिन्थे ।

बालबालिका भर्चुअल दुनियाँमा कि लतमा ?

२० वर्ष कटिसकेका कलंकी बस्ने आशीष भर्चुअल दुनियाँमा रमाउन थालेको पाँच वर्ष जति भयो । पहिले उति साह्रो लत नलागेका उनी अहिले सपनामा समेत भर्चुअल दुनियाँमै हुन्छन् । उनकी आमा सीतादेवीले भनिन्, ‘राति पनि कहिले गन (बन्दुक) ल्याऊ भन्छ त कहिले फस्र्ट एड बक्स (प्राथमिक उपचारको भाँडो) भन्छ । कहिले म मर्न लागिसकेँ बचाउन आइज भनेर कराइरहन्छ । यो उमेरमा यसरी सपनामा कराउने गरी लत बसेको देख्दा बडो चिन्ता लागेको छ ।’

पोतिएको माटो, जुन उनीहरूको होइन

राज्य यिनीहरूको अनुहारको खुसी नखोसियोस् भन्ने चाहन्छ भने नानीहरूको अनुहारमा दलिए जति नै सही, माटोमा उनीहरूको स्वामित्व दिलाउनु जरुरी छ।

अग्निपीडित बालबालिका : न पढाइ न स्वास्थ्य सेवा

पलाँता गाउँपालिकाको खाँडागाउँका आगलागीपीडितमा स्वास्थ्य सेवाको अभाव देखिएको छ। तीन तहका सरकारले गुजाराका लागि खाद्यान्न तथा न्यानोका लागि लत्ताकपडाको व्यवस्था गरे पनि स्वास्थ्यमा भने ध्यान पुर्‍याउन सकेको देखिँदैन। ८७ घरधुरीका पाँच सयभन्दा बढी अग्निपीडित स्वास्थ्य सेवाको अभावले समस्या सिर्जना हुने सम्भावना बढेको बताइएको छ।

आप्रवासी बालबालिकाको अमेरिकी हिरासतमा मृत्यु

आफ्नो बाबुसँग अमेरिका प्रवेश गर्दै गर्दा पक्राउ परेका ग्वाटेमालाका एक आठ वर्षीय बालकको अमेरिकी हिरासतमा मृत्यु भएको आप्रवासन अधिकारीहरूले बताएका छन्।

खाद्यान्न र न्यानो कपडा सहयोग

जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारका बालबालिकालाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ।

घरमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु

दाङको बंगलाचुलीमा गएराती एउटा घरमा घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका वडा नम्बर ८ गुराँसेका नवराज पुनको घरमा आगलागी  भएको हो।

मानव बेचविखन राेक्न दुर्इ सयबढीको उद्दार

पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीबाट गएको एक वर्षमा दुईसय महिला तथा बालबालिकाको उद्दार गरिएको छ । माईती नेपाल कञ्चनपुरले एक बर्षको अवधिमा २४ बालक, ७१ बालिका र १०५ महिलाको उद्दार गरेको जनाएको हो ।

बालबालिका लक्षित यौन शिक्षा आवश्यक

गत साता युनेस्केकोले आयोजना गरेको यौन शिक्षाबारेको गोष्ठिमा एक सहभागीले विज्ञ डा. खेम कार्कीलाई सोधे, ‘मेरो छोरीले मलाई सेक्स के हो भनेर सोधिन्, मैले त आमालाई सोध भनिदिएँ। मैले उनलाई कसरी बताउनु भनि आमातर्फ देखाएदिएँ। के मैले ठीक गरेँ?'

असहजतामा शिक्षा : बाख्रा चराउँदै ‘होमवर्क’

सम्पन्न परिवारका बालबालिकाको बिहानी अभिभावकको साथमा पठनपाठनमा बित्छ भने बेलुका बिद्यालयबाट फर्किएपछि उनीहरु गृहकार्य सकाउने धुनमा हुन्छन्। उनीहरु लेख्नुपर्ने थोरै रैछ भने कम्प्युटर, टिभी वा अभिभावकको मोबाइलमा ब्यस्त रहन्छन्। तर, विपन्न परिवारका बालबालिकालाई न बिहानीको घरधन्दाले किताब फर्काउने समय हुन्छ न त बेलुका गृहकार्यका लागि पर्याप्त समय मिल्छ।

स्क्रिनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

अनुसन्धानकर्ताहरुले प्रारम्भिक तथ्यांकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन्। आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा हाल संयुक्तराज्य अमेरिकामा गहन अध्ययन भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्