१ माघ २०८१ मंगलबार
image/svg+xml

जयन्तीले लिइन ४ अनाथ बालबालिका पढाउने जिम्मा

आमा बुवा गुमाएर बेसाहारा बनेका जाजरकोटका ४ जना अनाथ बालबालिकालाई सुर्खेत घर भइ हाल अमेरिका बस्ने जयन्तीकुमारी थापाले सम्पूर्ण पढाइ खर्च बेहोर्ने जिम्मा लिएकी छिन्।

अभिभावकविहीन सात बालबालिकालाई सहयोग जुट्ने क्रम जारी

बाबुआमाकै मृत्यु भएपछि बिचल्लीमा परेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८, धितुङका सात बालबालिकालाई हङकङबाट थप आर्थिक सहयोग प्राप्त भएको छ।

हात नभएकालाई चल्न मिल्ने हात निःशुल्क

हातको कुहिनोमुनिको भनग नभएका १६ वर्षमुनिका बालबालिकालाई चलाउन मिल्ने ‘थ्रिडी प्रिन्टेड’ हात निःशुल्क वितरण गरिँदै आएको छ । ‘इनेबल नेपाल’ नामक संस्थाले कुहिनोमुनिको हात नभएका १६ वर्षमुनिका बालबालिकालाई चलाउन मिल्ने ‘थ्रिडी प्रिन्टेड’ हात निःशुल्क प्रदान गर्दै आएको संस्थाका महासचिव सुरेन्द्र श्रेष्ठले जानकारी दिए।

पाँच वर्षमा ७ हजार महिला तथा बालबालिकाको उद्धार

नेपाल प्रहरीले ५ वर्षमा नेपालका विभिन्न सीमानाका हुँदै विदेश लाँदै गरेका ७ हजार २९ महिला तथा बालबालिकालाई उद्दार गरेको छ।

दश बालबालिकाको उद्धार

खाने बस्ने व्यवस्था सहित पढाई दिने आश्वासन दिएर अवैध रुपमा जिल्ला बाहिर लैजान लागेका १० बालबालिकाको उद्धार गरिएको छ। आवश्यक कागजात विनै राम्रो विद्यालयमा पढाई दिने आश्वासन दिएर काठमाडौं लैजान लागिएका १० जना बालबालिकाको उद्धार गरिएको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।

बाल संरक्षणमा अभिभावक नै सचेत हुनुपर्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बालबालिकाको संरक्षण र विकासका लागि अभिभावक र समाजलाई थप जवाफदेही बनाउन आवश्यक रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीद्वारा एचआइभी संक्रमित बालबालिकालाई टीका

प्रधानमन्त्री केपी शर्मा ओली र पत्नी राधिका शाक्यले एचआइभी संक्रमित बालबालिकालाई टीका लगाइदिएका छन्।

बालबालिकाको बिदा कसरी उपयोग गर्ने ?

बिदाको कुरा सुन्नेबित्तिकै प्रायः बालबालिका खुसीले फुर्किन्छन् । अझ २०–२५ दिनको बिदा आयो भने त उनीहरूमा खुसीको सीमा रहन्न । छुट्टी रे छुट्टी भन्दै खुट्टो उचालेर नाच्न पो थाल्छन् ! यता अभिभावकलाई भने बालबालिकाको बिदा भयो भन्ने सुन्नासाथ टाउको दुखाइ सुरु हुन्छ।

दुई वर्षमा ७७ बालबालिका हराए

दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ३८ महिला तथा बालबालिका हराएकामा २१ महिला १७ बालबालिका छन्।

बाबुआमाको मृत्युपछि बिचल्लीमा परेका बालबालिकालाई मलेसियाबाट सहयोग

बाबुआमाको मृत्यु भएपछि बिचल्लीमा परेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ७ बालबच्चालाई मलेसियामा रहेका शुभेच्छुकबाट आर्थिक सहयोग प्राप्त भएको छ।

सन्तानले पढाइमा कस्तो गर्लान्, कसरी थाहा पाउने ?

अध्ययनका मामिलामा हरेक बालबालिका फरक हुन्छन् । कोही पढाइमा तेज हुन्छन्, कोही भने पढेको कुरा बुझ्न समय लगाउँछन् । विद्यालयमा कुन बालबालिका पढाइमा तेज हुन्छन् र कुन औसत हुन्छन् अनि को अति कम पढ्छन् भन्ने कुरा तिनको ‘जिन’ले निर्धारण गर्छ।

तीन वर्षमा डेढ सय बालबालिका हराए

काभ्रेपलाञ्चोकबाट तीन वर्षमा करिब १५० महिला तथा बालबालिका हराएका छन्। सो अवधिमा हराएका ३९६ महिला तथा बालबालिकामध्ये २५१ जना फेला परेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र धुलिखेलले जनाएको छ। केन्द्रको तथ्याङ्कमा आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्म ३९६ महिला तथा बालबालिका हराएको उल्लेख छ। यसमध्ये १४५ जना फेला परेका छैनन्।

द्वन्द्वपीडित बालबालिकालाई दसैंमा नयाँ लुगा र खसी उपहार

महान चाड वडादसैंमा लगाउने नयाँ लुगा र मासु खानका लागि खसी पाएपछि द्वन्द्वपीडित बालबालिका हर्षित भएका छन्। हरिवन घुर्कौलीस्थित चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृहमा आश्रीत बालबालिकालाई सोमबार त्यस्तो अवसर जुरेको हो।

टुहुरा बालबालिकालाई सहयोग हस्तान्तरण

जिल्ला समन्वय समिति खोटाङका प्रमुख बवि चाम्लिङले बाबुआमा बिहिन बनेका बालबालिकालाई आफ्नो पारिश्रमिकबाट आर्थिक सहयोग गरेका छन् ।

ग्याजेटले दृष्टिदोष

अचेल तपाईंहामी धेरै अभिभावकले आफ्ना बालबालिकालाई मोबाइल, आइप्याड, ट्याब्लेटजस्ता ग्याजेट धेरै सयमसम्म खेलाउन दिने गरेका छौं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्