८ मंसिर २०८१ शनिबार
image/svg+xml
पुष्पा थपलिया


पुष्पा थपलियाका लेखहरु :

लकडाउनमा घरेलु हिंसा

काभ्रेपलाञ्चोक घर भएकी सीता (नाम परिवर्तन) सोल्टीमोडमा कोठा लिएर बस्छिन् । एक छोरा र एक छोरी पढाउन काठमाडौं बसेकी सीताका श्रीमान् रमेश नेपाली वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए । पेन्टरको काम गर्ने रमेश छुट्टीमा स्वदेश आएका थिए ।

साउनको हरियो पहेँलो फेशनमा कोरोना प्रभाव

कलंकी घर भएकी सबिना भट्टराईको मनपर्ने महिना साउन हो । उनले पुज्ने भगवान शिवलाई मनपर्ने महिना भएर मात्रै सविनालाई साउन मन परेको हैन, अरु कारण धेरै छन् ।

सबैभन्दा लामो हनिमून

अनामनगरस्थित, फोटोग्राफर श्रीधर पौडेलको स्टुडियो पुग्दा अपराह्नको साढे तीन बज्नै लागेको थियो । फोटो खिच्न नायक तथा व्यवसायी संजोग कोइराला चिटिक्क परेको कपडामा सजिइसकेका थिए भने उनकी पत्नी वर्षा राउत हेयर मेकअपमा व्यस्त थिइन् ।

बालबालिका भर्चुअल दुनियाँमा कि लतमा ?

२० वर्ष कटिसकेका कलंकी बस्ने आशीष भर्चुअल दुनियाँमा रमाउन थालेको पाँच वर्ष जति भयो । पहिले उति साह्रो लत नलागेका उनी अहिले सपनामा समेत भर्चुअल दुनियाँमै हुन्छन् । उनकी आमा सीतादेवीले भनिन्, ‘राति पनि कहिले गन (बन्दुक) ल्याऊ भन्छ त कहिले फस्र्ट एड बक्स (प्राथमिक उपचारको भाँडो) भन्छ । कहिले म मर्न लागिसकेँ बचाउन आइज भनेर कराइरहन्छ । यो उमेरमा यसरी सपनामा कराउने गरी लत बसेको देख्दा बडो चिन्ता लागेको छ ।’

बेहुलीका लेहेङ्गा

न्युरोडकी सनिता महर्जन र उनका श्रीमान् कुपन्डोलमा अवस्थित लाइक्रा बुटिकमा बिहेका कपडा हेर्दै थिए । उनीहरुलाई रातो कलरको, जताततै हातले बुनेको चित्रसहितको सुन्दर लेहेङ्गा खुब मन प-यो । सनिताका श्रीमान्ले त्यो लेहेङ्गा धेरै पटक उचाले र करिब ५ या ६ केजीको हुनसक्ने अनुमान पनि गरे र एक्लै गुनगुनाए, यस्तो गह्रौं कपडा लगाउने हुन् पो कसरी ।

एक तामाङ्नी आमैको चाडबाड

नेपाल विभिन्न जातजातिले भरिपूर्ण देश हो । त्यसैले त राजा पृथ्वीनारायण शाहले नेपाललाई ४ जात ३६ वर्णको साझा फुलबारी भनेका थिए । जातजाति अनुसारकै भेषभूषा, धर्मकर्म र चाडपर्व पनि छन् । नेपालमा सबै जातजातिका चाडपर्वलाई उत्तिकै महत्व दिइएको छ।

श्रीमतीको नाममा व्रत

श्रीमानको आयु बढाउन तिजमा कति महिला मात्रै व्रत बस्ने ? श्रीमतीको आयु बढाउन श्रीमान् पनि व्रत बसे हुन्न र? तिजमा पुरुषले पनि व्रत बसे हुन्न र ? भनी प्रश्न गर्न थालिएको र बहस सुरु भएको एकाध वर्ष भयो । कतिले सह–अस्तित्वको सवाल उठाउँदै त कतिले सहप्रेमलाई जोडेर महिला मात्रै किन व्रत बस्ने भन्ने सवाल उठाइरहेका छन् । तिजमा पुरुष व्रत बस्नै हुन्न त ?

फेसनेबल महिना साउन : हरियो, पहेलो र मेहन्दीको मौसम

साउनलाई फेसनको महिना भनेर भनिन्छ । अरू महिनाभन्दा साउन महिनामा महिलालाई फेसनले बढी नै छुने गर्छ । यस महिनामा महिलाहरुले हरियो पहेँलो रंगका चुरा, पोते, हातमा मेहन्दी लगाएर सजिएर हिँड्छन् । त्यति मात्रै हैन, साउनको प्रत्येक सोमबार व्रत बसेका महिलाको फेसनले त आँखा नै तिरमिराउँछ । उनीहरुले लगाएका हरिया, पहेँला रंगका बस्त्रहरुले साउन महिना पहिचान गर्न पनि मुस्किल पर्दैन ।

महिलाभन्दा पुरुष फेसनेबल

सविना महर्जन १९ वर्षदेखि लगातार फेसनको क्षेत्रमा छिन् । घरमा आमा–बुबाको सहयोग पाएर फेसन सिकेकी उनले लामो समयसम्म अरूकै बुटिकमा काम गरिन् । तर एक वर्षदेखि आफ्नै बुटिकमा रमाइरहेकी छिन् । कुपन्डोलमा लाइक्रा नामक बुटिकमा व्यस्त उनै फेसन डिजाइनर महर्जनसँग पुष्पा थपलियाले गरेको कुराकानीः

सुत्ने कोठा कस्तो ?

तपाईंको सबैभन्दा प्यारो र धेरै समय बिताउने ठाउँ कुन हो ? पक्कै पनि सुत्ने कोठा नै दिमागमा आउँछ । किनभने सुत्ने कोठामा हामीले दिनको २४ घण्टामध्ये कम्तीमा पनि ६ घण्टा  बिताउँछौँ । जहाँ हामी सबै तनाव र थकान भुलेर निदाउँछौँ । तर कतिपयलाई भने कुनै सुत्ने कोठाकै कारण पनि निद्रामा समस्या पर्न सक्छ ।

कमालको कपाल

बालाजु बस्ने सोहित बस्नेतको टाउकोमा कपाल उम्रिन छाडेको ५ वर्षजति भयो । ३० वर्षका उनी २५ वर्षको उमेरदेखि नै टाउकोमा तालु टल्काउँदै हिँड्न बाध्य भएका थिए । उनले भने, ‘पहिले त कपाल राम्रै थियो तर बिस्तारैबिस्तारै झर्दै टुक्रिँदै गयो र तालु टल्किन थाल्यो ।’ तालुभन्दा तल भने कपाल पहिलेजस्तै छ ।

सिंगल फादर : मनोजकुमार

बाबुको माया, बाबुको प्रेम लियामले जति धेरै अरू कमैले महसुस गर्न पाएका होलान् । धेरैका बाबु बेलुकी घर आइपुग्छन्, बिहान सबेरै काममा हिँड्छन् । कति त दुई÷तीन हप्तामा मात्रै बाबुको अनुहार हेर्न पाउने पनि छन् । तर लियाम दुई वर्षको हुँदासम्म बाबुकै काखमा रमाउन पाएका छन्, उनलाई अरूको काखको खाँचो त्यति साह्रो परेको छैन । सबैले केही पाउन केही गुमाउनैपर्छ भन्ने तथ्य लियाममा पनि थोपरिएको छ ।

खुसी खोज्दै कुलतमा...

खुसी । शब्दको बनोट हेर्दा दुई अक्षरले बनेको हुन्छ, तर यसको परिभाषा खोज्ने हो भने जिन्दगी नै बित्छ । मानिस यही दुई अक्षरको खोजीमा निकै भौतारिन्छन् । खुसी खोज्ने क्रममा कोही राम्रो बाटोमा लाग्छन् र सफल हुन्छन्, कति भने नराम्रो बाटोमा लागेर बीचमै अलपत्र पर्छन् ।

किन कमजोर बन्दैछन् दाँत ?

मानिसको गहना हो मुस्कान र मुस्कानका लागि चाहिन्छ, सुन्दर दाँत । प्रकृतिले प्रायः सबै मानिसलाई सुन्दर दाँत दिएको छ तर कसैकसैलाई मात्र अलि नराम्रो (रातो) दाँत पनि उपहार दिएको छ । तर के तपार्इंले याद गर्नुभएको छ, पहिले जन्मेका मानिस र अहिले जन्मेका मानिसको दाँतमा भिन्नता आएको ? यदि याद गर्नुभएको छैन भने, पाँच, छ कक्षामा पढ्दै गरेका बच्चाको दाँत हेर्नुस्, तपार्इं आफैं देख्नुहुन्छ ।

लयमा फर्कंदै पप पुस्ता

दीपकले अमीरा पुर्कार्दै थिए, जेम्स पहेँलो वस्त्रमा बमबम भोलेमा मस्त–व्यस्त थिए । उता विवेक पोखरामा कन्दरा ब्यान्डको नेतृत्व गर्दै शब्दमार्फत् हङकङ पोखरा डुल्दै थिए । सुनील उप्रेती, सञ्जय श्रेष्ठ, हरिश माथेमा लगायतको दबदबा चिर्न उनीहरुलाई मौलाउँदै गएको निजी रेडियो स्टेसनले खुबै सघायो, त्यसबेला ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्