प्रा. गंगा पाठक
विद्युतीय उपकरण जति भित्रियो त्यो मानिसमा आएको एउटा विकास हो । हामीमा विद्युतीय सामग्री जति भित्रियो त्यसले सबभन्दा ठूलो चुनौती अभिभावकलाई र स्कुललाई दिन्छ । जति विकास हुँदै गयो, त्यसले विनाश पनि त्यत्तिकै हुने गरेको छ । यसले मान्छेका भावना, सृजनशीलता, पारस्परिक सम्बन्धलाई विनाश गर्दै लगेको छ । कुनै स्कुलको प्यारेन्टिङमा गएको बेला, त्यहाँ धेरै अभिभावकले मेरो बच्चाले विद्युतीय सामान धेरै चलाउँछ के गर्ने के गर्ने भन्न थाले । त्यस प्रश्नको उत्तरमा बालबालिकाले ती विद्युतीय सामग्री लिएर जन्मेको त होइन, उसलाई ती सामग्री उपलब्ध गराइदिने त हामीले नै हो भन्नुप-यो । ती विद्युतीय उपकरणलाई कति अभिभावकले गौरवका साथ दियौँ, कतिले अर्काको देखासिकी गरेर दियौं, कतिले मैले अरुले नदिँदै बच्चालाई आइप्याड दिएँ म त कति क्यापेबल अभिभावक भन्ने शानले दियौं, कतिले बच्चाले अरुको देखेर रोएका कारणले दियौँ । दिन त ती विद्युतीय सामग्री हामीले नै दियांै । हामीले यसैसँग मायामोह गाँसेर बस भनेर दिएको त हो नि ! त्यसकारण त्यसलाई कटौती गर्ने त हामीले नै हो । त्यसलाई जादुमन्त्र गरेर हटाउने त कुरै भएन । अब ती विद्युतीय सामग्री युज टु भइसक्यो । यता बसे पनि त्यै चलाएका छन्, उता बसे पनि त्यै चलाएका छन्, खाँदा पनि त्यही चलाएका छन् । जतिखेर पनि ती सामग्री चलाइरहेका छन् । कोही बाहिरको नयाँ मान्छे आउँदा पनि केही अन्तरक्रिया छैन त्यही हेरेर बसेका हुन्छन् । कसैको घरमा गए पनि झिकेर एउटा कुनामा बसेर त्यही हेरेका हुन्छन् । यस्तो अवस्थामा हामी अलि कडा हुनु प-यो । कुनै समय चलाउने त्यसपछि चलाउनै नपाइने बनाउनु पर्छ । हामी अभिभावकसँग त्यसको अप्सनमा हुुनु प-यो । बच्चालाई आउटिङ लैजाने हो कि, बच्चासँगै खेल्ने हो कि ती काम गर्नु प-यो । पहिलाका बच्चा त लुंडो खेल्ने, चेस खेल्ने, बागचाल खेल्ने, आलुक्रस खेल्ने, नजिकै बाहिर गएर ब्याड मिन्टन खेल्ने, भलिबल खेल्ने, फुटबल खेल्ने अरु केही नभए चुंगी खेल्ने गर्थे । अहिले त शरीरलाई चाहिने खेलहरु पूरै रोकिएका छन् । शरीरलाई हानि पु¥याउने, मानसिक स्वास्थ्यलाई असर गर्ने र रोग बल्झाउने किसिमका खेलहरु भने सुरु भइरहेका छन् ।
यो समस्या समाधानका लागि के गर्ने ?
यसलाई पूरै कटौती गर्नु त भएन, समय तोकिदिनु प-यो । चलाउनै नदिने होइन । चलाउनु त पर्छ, यो वैज्ञानिक कुरा हो । वैज्ञानिक कुराको उसलाई पनि त ज्ञान हुनु प-यो । साथीहरुले सोध्दा भन्न सक्नुप-यो, यो यस्तो हो भनेर तर त्यसको मिसयुज गर्न दिनु भएन । पीडा चाहिँ त्यो हो । बालबालिकालाई हामीले नै रोगी बनाएका हौँ ।
प्रविधिका फाइदा बेफाइदा के–के हुन् ?
यसका फाइदा त केही पनि छैनन् । फाइदा छ त केवल टेक्नोलोजीसँग ज्ञान हुन्छ । त्यसलाई ‘प्रोडक्टिभ वे’ले युज ग-यो भने कत्ति कुरा युट्युबमा पाइन्छ, त्यहाँ विभिन्न किसिमका लेसनहरु सिक्न पाइन्छ । धेरै नयाँनयाँ कुरा पाइनुका साथै संसारभरिका सूचना क्षणभरमै हेर्न पाइन्छ । वास्तवमा भन्नुपर्दा यसका फाइदाभन्दा बेफाइदा नै बढी छन् । पहिलो कुरा त यी सामग्री हेरिरहने बालबालिकामा ध्यानकेन्द्रित गर्ने क्षमता हुँदैन । दोस्रो ती बालबालिका एकलकाँटे हुन्छन् । अरु साथीसंगी मिलजुल गर्ने, कुराकानी गर्ने, सेयर गर्ने गर्दैनन् । साथीभाइ, बाबुआमासँग पनि केही कुरा सेयर नगर्ने बानी हुँदै जाँदा बालबालिका टिनेजमा पुगेपछि नराम्रो साथीको संगतमा फँस्छन् । कुन साथी कस्तो छ, को कस्तो नेचरको हो भन्ने तिनीहरुलाई थाहै हुँदैन ।
ती विद्युतीय सामग्रीकोे लतले शारीरीक रुपमा पनि अस्वस्थ हुँदै जान्छन् । बढ्दो उमेरको बच्चाले त एक्सरसाइज गर्दा मसल्स, बडी पाटर्सहरु डेभलप हुन्छ, त्यो पनि हराइसक्यो । अर्को नराम्रो पक्ष भनेको त्यस्ता बालबालिकाको एकअर्कासँग अन्तक्र्रिया घट्छ । बुबा–आमासँगको मायामोह केही हुँदैन । ती बालबालिकालाई ती सामग्रीसँग मात्र मायामोह बढ्दै जान्छ । अनि ती बालबालिका रिसाहा प्रवृत्तिका हुन्छन् । सेयर गर्दा पो रिस घट्थ्यो त ! गेम खेल्दै जाँदा हारेपछि एकदमै रिसाहा हुन्छन् ।
विद्युतीय सामग्रीले अहिलेका बालबालिकाको दिमाग अनि आँखामा धेरै नै असर परेको हुन्छ । यी विद्युतीय सामग्रीले नोक्सानी गर्छ भन्ने कुरा स्कुलमा पनि पढाउनुपर्छ । अवेरनेस प्रोग्रामहरु ल्याउनै पर्छ ।
स्कुले बालबालिका चाहिने भन्दा पनि नचाहिने साइड हेर्ने गर्छन् । ती विद्युतीय सामग्रीको मिसयुज गर्ने, नचाहिने कुरा डाउनलोड गर्ने, सेक्सका कुराहरु हेर्ने गर्छन् । स्कुलमा कसरी मोबाइल लैजान्छन्, थाहै हुँदैन । नचाहिने कुरा त मान्छेले छिट्टै सिक्छ । चलाउँदा चलाउँदै एउटा मान्छेको टाउको काटेर अर्कैमा हाल्ने नराम्रो कुराहरु पोस्ट गर्ने गर्छन् । यसो गरेर ‘क्रिमिनल एटिट्युड’ बढाइरहेको हुन्छ । यस्तो मिस युज हुन्छ भने हामीले बालबालिकालाई विद्युतीय सामग्री दिनै हुँदैन । यस्तो कुराले एक्स्पोज पायो भने त तिनीहरुको जीवन बर्बाद हुन्छ । तिनीहरुले पढ्ने, नयाँनयाँ कुरा सिक्ने, साथी बनाउने, कम्पिटिसनमा जाने, आफ्नो क्षमतालाई बढाउँदै लैजाने, खेल, एक्स्ट्रा करिकुलममा उनीहरु जिरो नै हुन्छन् । पढ्नै मन लाग्दैन । पाँच छ कक्षासम्म त ठीकै हुन्छन्, त्यसपछि बिग्रिँदै जान्छन् । पढाइमा अगाडि जानुको सट्टा पछाडि पर्दै जान्छन् । सोसल नेटवर्कमा इन्गेज हुन थालेपछि त नचाहिने कुरा धेरै हेरेर समय गएको थाहै पाउँदैनन् । ती सामग्री चलाउँदा चलाउँदै रातिसम्म चलाउँछन् अनि निद्रा पुग्दैन अनि अस्वस्थ हुने, डिप्रेसनमा जाने हुन्छन् । इलेक्ट्राेनिक सामग्रीका कारणले डिप्रेसन हुने धेरै बालबालिका छन् ।
पाठ्यक्रम प्रविधिमैत्री बनाउँदा केही हुन्छ त ?
पाठ्यक्रम परिवर्तन भन्दा पनि बालबालिकामा सचेतना (अवेरनेस) ल्याउनै पर्छ । यी सामग्रीलाई कसरी चलाउने, हेल्दी कुरा के हुन्, अनहेल्दी कुरा के हुन् भनी सिकाउनुपर्छ । आमाबुबाले छोराछोरीलाई कन्ट्रोल गर्न सक्नुपर्छ । उनीहरुलाई राम्रो तरिकाले बुझाएपछि नबुझ्ने होइनन्, बुझ्छन् पनि । यी सामग्री हेर्दाहेर्दा सुसाइडसम्मका केस आएका छन् । यी सामग्रीको प्रयोगले नचाहिने कुरा हेर्दाहेर्दै बिग्रने धेरै भएका छन् । सचेतना कार्यक्रम त ल्याउनै पर्छ । सबै स्कुलहरुले मोबाइल अनिवार्य रूपमा ब्यान्ड गरिदिनुपर्छ ।
अभिभावकहरुलाई सुझाव
मेरो बच्चाले विष खान्छु भनेर माग्यो भने दिने कि नदिने ? यो त विष हो नि त, यो त अभिभावकले बुझ्नुप-यो । अहिले उमेर पुगेको छैन, अहिले पढ्ने बेला हो, प्लस टु सकेपछि पाउँछस् भन्न सक्नुप-यो । साथीले लग्यो, उसले खायो, मलाई पनि चाहियो भनेर मेरो बच्चाले विष माग्यो भने म कुनै हालतमा पनि दिन्नँ । हो, सबैले त्यही सम्झिनु प-यो । आज झगडा गर्छ, भोलि झगडा गर्छ, खाना नखाएर घुक्र्याउँछ भने तुरुन्त ल्याएर दिनुहुन्छ । उसले बुझ्यो नि बाबुआमाको कमजोरी कहाँनेर छ । अनि उसले ब्लाकमेल गर्न थाल्छ । घरको माहोल त्यस्तै छ, मनिटरिङ छैन, सुपरभिजन छैन । त्यो छोराले के चलाइरहेको छ, छोरीले के चलाइरहेको छ, कुन साइट हेरिरहेका छन्, त्यो हेर्नुछैन । आमाबुबा पनि त्यसमै व्यस्त छन्, घरको माहोल त्यस्तै छ, उसले के गरोस् ?
प्रकाशित: २८ पुस २०७५ १४:१० शनिबार