१ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

तेक्वान्दोका प्रशिक्षक अधिकारीलाई राजदूतद्वारा बिदाई

युएईलाई आफ्नो कर्मक्षेत्र बनाउँदै आएका तेक्वान्दो प्रशिक्षक जगन अधिकारीलाई युएई स्थित नेपाली राजदूत तेजबहादुर क्षेत्रीले बिदाई गरेका छन्।

आबुधावीस्थित नेपाली राजदूतावासमा आयोजित एक कार्यक्रमविच राजदूत क्षेत्री लगायत दूतावास परिवारले प्रशिक्षक अधिकारीलाई बिदाई गरेका हुन्।

प्रशिक्षक अधिकारी यही डिसेम्बर १८ देखि २१ सम्म संयुक्त राज्य अमेरिकाको सिकागो सहरमा आयोजना हुन गईरहेको अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर कोर्ष २०२४ मा सहभागी हुन युएईबाट त्यस तर्फ प्रस्थान गर्न लागेका हुन्।

बिदेशलाई कर्मक्षेत्र बनाउदै आएका अधिकारीकै नेतृत्वमा यस अघि जुलाईमा दक्षिण कोरियामा सम्पन्न बिश्व तेक्वान्दो हान्मादाङ्ग प्रतियोगितामा युएईका खेलाडीहरुलाई सहभागी गराएका थिए।

यसैगरि दुवईका राजकुमार शेख कमदान बिन मोहम्मद बिन रसिद अल मकतुमको पहलमा दुवई डिपार्टमेन्ट अफ इकोनोमी एण्ड टुरिजमले आयोजना गरेको दुबई फिटनेश च्यालेन्जमा समेत प्रशिक्षकको भूमिका निर्वाह गरेका अधिकारीले कराते र बक्सिङ्गका प्रशिक्षक र खेलाडीहरुलाई समेत अवसर प्रदान गरेका थिए।

यस अघि गत फेब्रुअरीमा बिश्व तेक्वान्दोको आयोजना तथा युएसए तेक्वान्दो र युएसए ओलम्पिक कमिटिको संयोजनमा अमेरिकाको रेनो स्पार्क कन्भेन्सन सेन्टर रेनो नेभाडमा सम्पन्न बिश्व वरियता जी–२ र युएस ओपन तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए।प्रशिक्षक अधिकारी विगत एक दशक देखि युएईमा राष्ट्रिय रेफ्रि तथा प्रशिक्षकको रुपमा कार्यरत छन्।

प्रकाशित: ३० कार्तिक २०८१ २१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App