वृजेश अर्याल र राजवीर प्रधान होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगिताको यु–१६ छात्र सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा बागमती प्रदेश टेनिस संघद्वारा आयोजित प्रतियोगितामा वृजेशले असभसम्राट हाडालाई ६–० र ६–२ तथा राजवीरले बोरिस अधिकारीलाई ६–१ र ६–० को सोझो सेटमा पराजित गरे।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगिताकोे यु–१६ छात्रा सिंगल्समा स्वस्तिका विष्ट र शिभाली गुरुङ उपाधिका लागि भिड्ने भएका छन्। स्वस्तिकाले जेनी खड्कालाई ६–० र ६–० तथा शिभालीले समृद्धि महर्जनलाई ६–० र ६–० को सोझो सेटमा सहजै हराए।
प्रकाशित: ३० कार्तिक २०८१ २१:२३ शुक्रबार