युरोकप र कोपा अमेरिका २०२४ मा रेकर्ड नै रेकर्ड
फुटबल खेलमा विश्वकपपछि सर्वाधिक चासोको प्रतियोगिता हो– युरो च्याम्पियनसिप। युरोकपको सत्रौं संस्करण १४ जुनदेखि १४ जुलाईमा आयोजना भयो।

फुटबल खेलमा विश्वकपपछि सर्वाधिक चासोको प्रतियोगिता हो– युरो च्याम्पियनसिप। युरोकपको सत्रौं संस्करण १४ जुनदेखि १४ जुलाईमा आयोजना भयो।
चीनको जनसंख्यामा निरन्तर ह्रास आएपछि राजनीतिक सल्लाहकारले जन्मदर बढाउन २० सुझाव दिएका छन्। तर विज्ञले जनसंख्यामा आएको ह्रासको गतिलाई रोक्नु नै तत्कालका लागि उत्तम उपाय रहेको बताएका छन्।
विश्वभरिका मानिसलाई अहिले कोरोना संक्रमणको महामारीले त्राही त्राही पारिरहेको छ । त्यसो त कोरोना नयाँ खालको भाइरस होइन । किटाणु (ब्याक्टेरिया), फगस (ढुसी), परजीवी जस्तै विषाणु (भाइरस) पनि एक खालको जीवाणु हो । अन्य जीवाणुले भन्दा कतिपय भाइरसले केही समयको अन्तरालमा यसले काँचुली फेर्न सक्ने हुनाले पहिले बनाइसकेको खोप वा उपचार काम लाग्दैन । उदाहरणका लागि फ्लु, इन्फ्लुएन्जा, बर्ड फ्लुको कारक भाइरसको प्रकार फरक हुँदै जान्छ ।
त्रिपुरासुन्दरीको मन्दिर बैतडीको दशरथ चन्द नगरपालिकाको मुख्य बजार गोठालापानीदेखि ३ किमी दक्षिण पश्चिम दिशामा छ। नेपालको पश्चिमी सीमाना महाकाली नदीको आडैमा भए पनि भारतको पिथौरागढतिरबाट हिँडेर आउने हो भने भक्तालुहरूले महाकाली नदीस्थित झुलाघाट तरेर नाकै ठोक्किने उकालो चढ्नु पर्छ। विकल्पमा सानै भए पनि कालोपत्रे सडक छ। दक्षिणाभिमुख पर्वतमालामा अवस्थित छ मन्दिर।
बिबिसी नेपाली सेवाका पारखी छविरमण सिलवालले लण्डनस्थित अब्जर्भेटरीको आँगनमा एउटा खुट्टा पूर्वी गोलाद्र्ध र अर्को खुट्टा पश्चिमी गोलार्धमा राख्न पाएर स्वर्गानुभूति गर्न पाएकाले कृतिको नाम ‘ग्रीनविचको साँझ’ राखेका रहेछन्।
यो पटक गर्मी मौसमको आगमन अलि छिटो हुन लागेको जस्तो छ। त्यसो त ग्लोबल वार्मिङको प्रभाव पनि हुनसक्छ। कारण जेसुकै भए पनि वातावरणीय तापक्रमको वृद्धिसँगै भिँगा, लामखुट्टे, उडुस, उपियाँको सहज वृद्धिका कारण विभिन्न थरिका संक्रामक रोगहरु उत्पन्न हुन्छन् । गर्मी मौसममै सर्पको टोकाइ, बहुला कुकुरको टोकाइका घटना पनि बढ्ता हुने गरेको छ।
मंसिर, पुस लागेदेखि जाडो हुने, तापक्रम चिसिने क्रम निरन्तर हुन्छ । जाडो मौसममा बालबालिकालाई विशेषगरी छालाको स्वास्थ्य समस्याले सताउने गरेको छ ।
‘अकबरी सुनलाई कसी लाउनु पर्दैन’, नेपालको स्वास्थ्य एवं स्वास्थ्य शिक्षा क्षेत्रमा धुलिखेल अस्पतालको अवस्था अकबरी सुन साबित भएको छ। यो एकै दिनको उपलब्धि भने कदापि होइन। वर्षौंको मेहनत अनि सयौँ, हजारौँ दृढसंकल्पित अस्पतालकर्मीहरूको मेहनतको फल हो।
पछिल्लो समय नेपालमा मातृ मृत्युदरमा आशातित रूपमा कमी आउन नसकेको समाचार प्रकाशमा आएबाट सम्बन्धित निकाय चिन्तित हुन पुगेको छ। त्यसो त २० वर्ष अगाडिसम्म नेपालमा मातृ मृत्युदर (५४३ प्रतिलाख महिला) निकै बढी थियो।
गर्मी मौसममा तापक्रमको वृद्धिसँगै भिँगा, लामखुट्टे, उडुस, उपियाँको वृद्धिका कारण विभिन्न थरिका संक्रामक रोग उत्पन्न हुन्छन् । गर्मी मौसममै सर्पको टोकाइ, बहुला कुकुरको टोकाइका घटना पनि बढ्ता हुने गरेको छ । महामारी फैलिन सक्छ । हावाहुरीको कारणले आँखाको तथा छालाको स्वास्थ्यमा असर गर्न सक्छ ।
वैदेशिक रोजगारीबाट फर्किएकामा ठ्याक्कै यति नै समस्या छ भनेर कुनै तथ्यांक नभए पनि निःसन्तानसम्बन्धी सेवा प्रदायकहरु (निःसन्तान विशेषज्ञ) बीचको छलफलमा अण्डकोष वरिपरिको प्रतिकूल तापक्रम, लामो समयसम्म यौनसम्पर्कको अभावमा विर्य निर्माणमा गडबडी (कतिपयले अधिक हस्तमैथुन गर्ने तथा कतिपयमा लामो समय विर्य स्खलन हुन नपाउँदा), कतिपयले वैदेशिक बसाइको क्रममा दैनिक मद्यपानको सेवन, त्यस्तै परे निद्रा लाग्ने औषधिको सेवन, कामको तनाव, लामो समय विदेशमा चिन्ता, डिप्रेसन अनि कुण्ठाको समग्र प्रभावका कारण नेपाल फर्किएलगत्तै चाहेर पनि सन्तान प्राप्तिमा समस्या भइरहेको आँकलन छ ।
डिम्बाशयका क्रियाकलापमा कमी आएर प्रजनन् उमेरको अन्त्यताका स्थायीरूपमा महिनावारी बन्द हुने परिस्थितिलाई रजनोवृत्ति भनिन्छ ।
सुन साइँली सुन साइँली चालीस कटेसी रमाउँला... केही समयअगाडि निकै प्रख्यात भयो यो गीत । युट्युबमा राम्रो ‘ट्रेन्डिङ’ पनि भयो । रेमिट्यान्स भित्र्याउने वैदेशिक रोजगारको अँध्यारो पक्ष समेटिएको यो गीतभन्दा पृथक् अर्थात् चालीस कटेपछि खुसी हुने होइन, निराशामा परिणत हुने कुरा गर्दैछु ।
पुरुष महिलाको शरीरको गोलाइप्रति आकर्षित हुन्छन् । अनुहार, वक्षस्थल, काँध, नाइटो, कम्मर, पिँठ्यूका साथै ओंठ, गाला, आँखा, बोली, पहिरनबाट पनि आकर्षित हुन्छ । महिलाका लागि भने पुरुषको बलिष्ठ तथा सुगठित शरीर, चौडा छाती, सानो पुट्ठा, सुलुत्त परेको पेट, छातीको तथा नाइटोमुनिको रौं यौन आकर्षक लाग्छ ।
के तपाईंलाई निदाउन गाह्रो छ? के तपाईंलाई निदाइरहन गाह्रो छ? के तपाईं मध्यराति वा बिहानीपख बिउँझेपछि फेरि निदाउन समस्या छ? यदि यीमध्ये कुनै पनि समस्या छ भने बुझिलिनुस् तपाईंलाई कुनै न कुनै खालको अनिद्राको समस्या छ।
