१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍यायाउने प्रतिबद्धता व्यक्त गरेका छन। नेकपा (माओवादी केन्द्र) गोरखाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा अहिलेको गठबन्धनले नै लामो समयदेखि थाती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विश्वाससमेत व्यक्त गरे।

जनयुद्धको व्यवस्थापन

जनयुद्धबाट प्रत्यक्ष तथा परोक्ष रूपमा प्रभावित भएका लाखौँ परिवारलाई आम्दानी तथा रोजगारी जगाउने कार्यमा लगाउन सकियो भने उनीहरूका विदेशिएका सन्तानसमेत फर्कनेछन्।

शान्ति प्रक्रियाको अन्तर्य

राजनीतिकरूपमा एक ठाउँमा बस्न नसक्ने माओवादी घटक अहिले एकै थलोमा उभिएका छन्। द्वन्द्वपीडितले न्यायका लागि अदालत जाँदा एकै स्वरमा धम्कीपूर्ण विज्ञप्ति जारी गर्नुका साथै आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन्।

राष्ट्रियताको रक्षाका निम्ति अग्रपंक्तिमा छु: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं अग्रपंक्तिमा रहेको बताएका छन्।

भाग शान्ति जय नेपाल !

शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेल, चन्द्र भण्डारीहरू स्पष्ट प्रतिपक्षमा बस्नुपर्ने बताइरहेका छन्। तर सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल च्याँखे दाउमा लिप्त देखिएका छन्।

सुरक्षा निकायका पदाधिकारीले नेता भेट्न अनुमति लिनुपर्ने

सुरक्षा निकायका पदाधिकारीहरुले कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए स्पष्ट प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने गृहले बताएको हो।

गण्डकी-११ र स्पेनिस टोलीबीच फुटबल हुँदै

फुटबलको माध्यमबाट शान्तिको सन्देश दिने अभियानसहित बुधबार पोखरा रंगशालामा स्पेनिस फुटबल क्लब कासेरेन्योसँग गण्डकी-११ ले मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्दै छ।

शान्ति सम्झौताले बिर्सेकाहरू

विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १७ वर्षसम्म द्वन्द्वपीडितका मागबारे सम्बोधन गरिएन। पीडितका मागमा सम्वोधन हुन सकेको भए अहिले त्यसले भिन्न परिणाम दिन सक्थ्यो।

द्वन्द्वपीडितका पीडामा चरम उदासीनता

गोरखाका द्वन्द्वपीडित रामचन्द्र दवाडी भन्छन्, ‘द्वन्द्वपीडितहरू न्यायको लडाइँमा छन्। न्याय नपाएर मर्नु भएन। राज्यले न्याय दिन्छ भन्ने विश्वस्त हुन नसक्नु र न्याय नपाउनु राज्यप्रति नै प्रश्न तेर्सिएको छ। पीडितप्रति राज्य नै उदासीन बन्नु लज्जाको विषय हो।’

छिटपुटबाहेक शान्तिपूर्ण मतदान

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि आइतबार भएको प्रदेशसभा र प्रतिनिधिसभाको दोस्रो निर्वाचनमा आम जनताको उत्साहजनक सहभागिता देखिएन।

विश्व शान्तिमा नेपाली सेना

पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेख गरिएका दृष्टिकोण र अपनाइएका रणनीतिहरू फ्रान्सको सैन्य रणनीतिकार तथा राजनीतिज्ञ नेपोलियन तथा सैनिक सिद्धान्तकार कार्ल भोन क्लाउ सेउइट्स, दोस्रो युद्धताका मरुभूमिको फ्याउरो (डिजर्ट फक्स)का नामले चर्चित इखिन रोमेल वा अमेरिकी व्यापारी जोन डि रकफेलर जस्ता रणनीतिकार जत्तिकै देखिन्छन्। दुःखको कुरा उनका बारेमा विश्वका समकालीन रणनीतिक चिन्तकका झैं लेखिएन, विश्लेषण गरिएन।

‘शान्ति र संविधानका लागि गठबन्धन’

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले संविधानको रक्षा र शान्ति प्रक्रियालाई पूर्णता दिनका लागि गठबन्धन आवश्यक रहेको बताएका छन्।

चाडपर्वका लागि कर्णालीमा ४ हजार बढी प्रहरी परिचालन

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चाडपर्व (दशैं तिहार र छठ) मा शान्ति सुरक्षाका लागि प्रदेशभर ४ हजार १ सय ४१ प्रहरी प्रत्यक्ष परिचालन गरेको छ। मातहतका दश जिल्लामा ११ प्रकारका चाडपर्व सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेशभर ४ हजार बढी प्रहरी परिचालन भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्