१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

शान्ति समाजको सभापतिमा बराल

मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सभापतिमा काठमाडौंका रामकृष्ण बराल निर्वाचित भएका छन्। यसअघि समाजका काठमाडौं सभापति तथा महासचिवको भूमिका निर्वाह गरिसकेका बराल वाग्मती सफाइ अभियानका एक सक्रिय अभियन्तासमेत हुन्। दर्जनौं सामाजिक संस्थामा क्रियाशील बराल काठमाडौंको पूर्वीभेगमा परिचित समाजसेवीका रूपमा चिनिँदै आएका छन्।  

यसैगरी वरिष्ठ उपसभापतिमा भने पाल्पाका कृष्णबहादुर रावल चुनिएका छन्। नवलपरासीपश्चिमको भूमहीमा सम्पन्न समाजको पच्चीसौं राष्ट्रिय परिषद् बैठकले उपसभापतिमा चितवनका राजेन्द्र पौडेल र महिला उपसभापतितर्फ सुर्खेतकी पुष्पा मल्ललाई चुनेको छ।

यसैगरी महासचिवमा काठमाडौंकी रेनुका पौडेल, कोषाध्यक्षमा काठमाडौंकै किरण ढकाल, प्रदेश १ सचिवमा तेह्रथुमका लक्ष्मीनारायण मिश्र, मधेस प्रदेश सचिवमा पर्साका अमरबहादुर गौतम, वाग्मती प्रदेश सचिवमा ललितपुरका चन्द्रमणि बन्जारा, गण्डकी प्रदेश सचिवमा गोरखाका सीताराम तिवारी, लुम्बिनी प्रदेश सचिवमा नवलपरासी पश्चिमका सन्तोष अधिकारी क्षत्री, कर्णाली प्रदेश सचिवमा सुर्खेतका प्रकाश शाही, सुदूरपश्चिम प्रदेश सचिवमा कैलालीका भक्तबहादुर विश्वकर्मा चुनिएका छन्। यसरी नै आदिवासी/जनजाति सचिवमा नुवाकोटका रामप्रसाद जोशी, मधेसी सचिवमा सुनसरीका सन्तोषकुमार रौनियार, सचिव दलितमा दाङका निर्मल नेपाली र महिला सचिवतर्फ रूपन्देहीकी मीना ढकाल निर्वाचित भएका छन्।

यसैगरी चारजना महिला सदस्यमा काठमाडौंकी नम्रता खरेल, रूपन्देहीकी फूलमाया सुनार, नुवाकोटकी जानुका अधिकारी र बाराकी मीरादेवी अधिकारी चुनिएका छन्। खुला सदस्यतर्फ भने ६ पदमा रूपन्देहीका धनपति खनाल (डिपी), झापाका ज्ञानेन्द्र निरौला, दाङका तुलसीराम सुनार, चितवनका विनोद अधिकारी, सल्यानका दिल्लीप्रसाद जैसी र देवराज भट्टराई निर्विरोध निर्वाचित भए। निर्वाचित सबै पदाधिकारी/सदस्यलाई निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले प्रमाणपत्र प्रदान गरेका थिए।

प्रकाशित: ४ माघ २०७९ ०१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App