हिजोआज सञ्चार माध्यमका सार्वजनिक बहसमा नेपाल पनि श्रीलंकाको बाटोमा जाँदैछ भन्ने विषय उठ्न थालेको छ। वास्तवमा, नेपाल त्यो बाटोमा हिँड्न पाइला चालेको आज होइन, जुनबेलादेखि पुराना संरचनाहरू ध्वस्त नपारी नयाँ बन्दैन भन्ने भाष्य ल्याइयो र दूरदराजका शिक्षा, स्वास्थ्य चौकीहरू ध्वस्त गरियो, पहिले खोलेका उद्योग बन्द गरिए, सार्वजनिक संस्थाहरूमा दलीय भागबन्डाका आधारमा कर्मचारी भर्ना गर्न थालियो, त्यसैबेलादेखि यो क्रम चलेको हो।