२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बाढीपहिरोको वितण्डा : भोटेकोसी करिडोरमा थप जनधन क्षति, एक बेपत्ता

तीन दिनदेखिको अबिरल बर्षाले भोटेकोसी नदी करिडोरमा शुक्रबार थप क्षति पुर्‍याएको छ । भोटेकासी गाउँपालिका–३ लार्चामा बाढीले बस्ती बगाउँदा एक जना बेपत्ता भएका छन् । दुई घाइते भएका छन् ।

विमानस्थलको नहरले गल्फ कोर्षमा समस्या

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको नहरको पानीको सहज निकास नहुँदा विजयपुर खोला किनारमा रहेको हिमालयन गल्फ कोर्षलाई क्षति पुर्‍याएको छ ।

प्रदेश ५ : पहाडमा पहिरो, तराईमा बाढीको त्रास

अविरल वर्षाका कारण प्रदेश न. ५ मा बाढी पहिरोले वितण्डा मच्चाउन शुरु गरेको छ। प्रदेशका पहाडी क्षेत्रमा पहिरो र तराईमा डुबान शुरु भएको हो। बिहीबार रातीदेखि परेको अविरल वर्षाले मानवीय क्षतीका साथै केहि घरमा क्षती गरेको छ।

बाँचेर घरबाट भागेका पहिरो पीडितको क्रन्दन : ‘रातभरिमा नमरे भोलि प्रशासनलाई फोन गरौँला’

बर्खामा भोटेकोसी नदी बर्सेनी बहुलाउँछ । यो साल पनि बहुलाउँन थालिसक्यो । भोटेकोसी बढेपछि तीन दिनदेखि सुतेका छैनौँ ।

गुल्मीमा पहिरोले च्यापेर एक जनाको मृत्यु

गुल्मीमा पहिरोमा पुरीएर आज एक जनाको मृत्यु भएको छ । खेतमा पानी लगाउन गएका बेला पहिरोमा पुरीएर कालिगण्डकी गाउँपालिका ४ का ६२ वर्षे यमबहादुर श्रीसको ज्यान गएको हो ।

सेती नदीको बाढीले ४३ घरमा जोखिम, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

बिहीबार रातिदेखि परेको अविरल बर्षाका कारण सेती नदीमा आएको बाढीले शुक्लागण्डकी नगरपालिकाका ४३ घरपरिवार जोखिममा परेका छन् ।

पोखरामा दशकपछि ठूलो बर्षा

पोखरामा एकदशकपछि शुक्रबार ठूलो बर्षा भएको छ । पोखरामा पछिल्लो २४ घण्टामा २७९ मिलिमिटर बर्षा भएको हो । पोखराको मालेपाटनमा सबैभन्दा बढी २७९ मिलिमिटर बर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय पोखराले बताएको छ ।

रुकुमपश्चिम र जाजरकोटमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु, ११ जना बेपत्ता

रुकुम पश्चिम र जाजरकोटमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो

दुई दिनदेखि अविरल परेको बर्षाले नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रबार बिहान पहिरो खसेको छ ।

पहिरोले घर बगाउँदा एकको मृत्यु, ११ जना बेपत्ता

अविरल बर्षाका कारण जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्की टोलमा बिहीबार राति आएको पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ११ बेपत्ता छन् ।

नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थल सारिँदै

स्थानीय प्रशासनले भोटेकोसी र सुनकोसी नदी तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तयारी गरेको छ। निरन्तरको वर्षाले दुबै नदीको बहाव उच्च भएपछि सम्भावित बाढीपहिरोको घटनामा मानवीय क्षति हुन नदिन स्थानीयलाई सुरक्षितस्थलमा सार्न लागिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

पश्चिम म्याग्दीमा पहिरोले कम्तिमा २० जना सम्पर्कविहिन (अपडेट)

गएराती अविरल वर्षापछि पश्चिम म्याग्दीका विभिन्न स्थानमा कम्तिमा २० जना पहिरोमा सम्पर्कविहिन भएका छन्। एक्कासि आएको बाढीले वितण्डा मच्चाएको छ। भिषण बर्षासँगै शुक्रबार विहान आएको बाढीले मालिका गाउँपालिका–७ बिममा ८ जना बेपत्ता भएका छन्।

सिन्धुपाल्चोकमा बाढीको वितण्डा, बेपत्ताको खोजी कार्यमा कठिनाइ

भोटेकोसी नदी कोरिडोरको जम्बु र बुल्कुटे बाढीपहिरोमा हराइरहेकाको खोजी कार्यमा कठिनाई उत्पन्न भएको छ। बाढीपहिरोमा अझै २० हराइरहेका छन्। निरन्तरको वर्षा, उच्च बहावमा तीव्र गतिमा उर्लिरहेको भोटेकासीको कटान र ठाडा खोल्सीबाट लेदोमाटो बगिरहेका कारण बेपत्ताको खोजीमा जुट्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

कास्की र लम्जुङका विभिन्न ठाउँमा पहिरोः एकै परिवारका तीनसहित ९ को ज्यान गयो (अपडेट)

पोखराका विभिन्न ठाउँमा पहिरो जाँदा ६ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्। पोखराको सराङ्कोटमा गएराति आएको पहिरोले घर पुरिदा ५ जनाको ज्यान गएको छ।

जोखिम रोक्न झिनो तयारी, विपतमा सधैं चुक्छ सरकार

पहाडमा पहिरो र मधेसमा डुबान वर्षैपिच्छेका समस्या हुन्। हरेक वर्ष बाढीको पिरलो त देशभरिकै समस्या हो। बाढीपहिरो र डुबानका कारण नेपालमा बर्सेनि सयौंको ज्यान जाने र करोडौंको भौतिक सम्पत्ति क्षति हुने गरेको छ। चालु आवमा २०७६÷७७ मा मात्र ४० भन्दा बढी स्थानमा पहिरो गएको छ। ती पहिरोमा करिब सयजनाको ज्यान जानुका साथै दर्जनौं बेपत्ता भएको प्रहरी रेकर्डमा देखिन्छ। यही असारमा समेत गुल्मी, पाल्पा, सिन्धुपाल्चोक, बझाङलगायत जिल्लामा पहिरोले वितण्डा मच्चाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्