९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

जबराविरुद्धको महाभियोग अलपत्र

महाभियोग प्रस्ताव संसद्मा दर्ता भएपछि प्रधानन्यायाधीश जबरा निलम्बनमा छन्। निलम्बित जबरा सरकारी निवास बालुवाटारमै बसिरहेका छन्।

निर्वाचनको मुखमा १५ सय बढी शिक्षकद्वारा राजीनामा

वैशाख ३० गते स्थानीय तहको निर्वाचन नजिकिन्दै जाँदा निर्वाचनको मुखैमा आएर देशभरिका एक हजार पाँच सय पाँच स्थायी शिक्षकले राजीनामा दिएका छन्।

सांसद छाडेर मेयरमा प्रतिस्पर्धा

प्रदेशसभाका ६ जना सदस्य पदबाट राजीनामा दिएर मेयरको प्रतिस्पर्धामा उत्रिएका छन्। यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ।

विराटनगरका मेयरले दिए राजीनामा

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले राजीनामा दिएका छन्। पराजुलीले बुधबार महानगरपालिकाको प्रशासन मार्फत उपमेयर इन्दीरा कार्कीलाई राजिनामा बुझाएका हुन्।

टिकट नपाएपछि तनहुँमा कांग्रेस नेताले दिए सामूहिक राजीनामा

टिकट वितरणमा असन्तुष्टि जनाउँदै तनहुँमा नेपाली कांग्रेसका नेताहरुले सामूहिक राजीनामा दिएका छन्। सोमबार दमौलीमा पत्रकार सम्मेल गर्दै जिल्लादेखि वडा तहका नेताहरुले साधारण सदस्य समेत नरहने गरेर राजीनामा दिएका हुन्।

चुनाव लड्न विद्यालय प्रधानाध्यापकले दिए राजीनामा

वैशाख ३० मा हुन गइरहेको पालिका चुनावमा उम्मेदवार हुन सर्लाहीका एक प्रधानाध्यापकले राजीनामा दिएका छन्।

श्रीलङ्काका सबै मन्त्रीद्वारा राजीनामा

श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट बढ्दै गएपछि मन्त्रिपरिषद्का सबै सदस्यहरूले राजीनामा दिएका छन्।

झुटो बोलेको भन्दै एमालेले माग्यो स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा

एमालेको विज्ञप्तिमा भनिएको छ, 'यति झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ। साथै, आफ्ना मन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारप्रति संवेदनशील हुँदै उहाँलाई मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँछौँ।'

नारायणहिटी दरबार संग्रहालयः प्रमुख दाहालले दिए राजीनामा

संग्रहालयपरिसर बतास समूहलाई भाडामा रेस्टुरेन्ट बनाउन दिएको विवादमा मुछिएका दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई राजीनामा बुझाएका हुन्। उनको मंगलबारै राजीनामा स्वीकृत भएको छ।

धमाधम राजीनामा दिँदै शिक्षक

‘विगतमा वर्षभरिमा राजीनामा दिनेको भन्दा यो वर्ष पाँच महिनामै राजीनामा दिने शिक्षकको संख्या बढी छ। मंसिरमै ३६८ जनाको राजीनामा आयो। धेरैजसोले आगामी स्थानीय चुनावलाई लक्षित गरी सक्रिय राजनीतिमा सहभागी हुन राजीनामा दिएको देखिन्छ।’ – रामराज खकुरेल, महानिर्देशक, राष्ट्रिय शिक्षक किताबखाना

विवेकशीलबाट अलग भइन् रञ्जु

विवेकशील साझा पार्टीकी बागमती प्रदेश संयोजक रञ्जु दर्शनाले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएकी छन्।

एनआरएनए प्रमुख निर्वाचन आयुक्तमा बन्जरा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा कानूनविद् भिमसेन बन्जरा नियुक्त भएका छन्।

प्रधानन्यायाधीशको राजीनामा माग्दै बारको टोली पुग्यो ओली निवास

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै विरोधमा रहेको नेपाल बार एसोसिएसनको टोली प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेको छ।

जबराविरुद्ध ऐक्यबद्धताः पापड पनि आन्दोलनमा

जबराको राजीनामा माग गरी नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलन भइरहेको छ। आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पापडले जबराविरुद्ध तत्काल महाभियोगको प्रक्रिया सुरु गरी गतिरोध तोड्न पनि आह्वान गरेको छ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै बुटवलमा कानुन व्यवसायीको प्रदर्शन

उच्च अदालत बार एसोसिएसन बुटवलको आयोजनामा कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्