१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

चुनाव लड्न विद्यालय प्रधानाध्यापकले दिए राजीनामा

वैशाख ३० मा हुन गइरहेको पालिका चुनावमा उम्मेदवार हुन सर्लाहीका एक प्रधानाध्यापकले राजीनामा दिएका छन्। सर्लाहीको लालबन्दी नगरपालिका १० चन्द्रपुरमा रहेको आधारभूत विद्यालयका प्रधानाध्यापक शुक्र लामाले उम्मेदवार बन्न राजीनामा दिएका हुन्।

प्रधानाध्यापक लामाले विद्यालयको प्रधानाध्यापक तथा शिक्षक पदबाट समेत वडाध्यक्ष टोपबहादुर श्रेष्ठलाई राजीनामा बुझाएका हुन्। प्रधानाध्यापकबाट राजीनामा दिएका लामाले नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्ने बताएका छन्।

नेकपा माओवादी केन्द्रको लालबन्दी नगरपालिका ८ को वडा भेलाले वडाध्यक्ष पदको लागि पार्टीबाट एकल उम्मेदवारको रुपमा सिफारिश गर्ने सम्भावना बढेपछि प्रधानाध्यापक लामाले राजीनामा दिएका हुन्। राजीनामा बुझाए लगत्तै लामालाई वडाध्यक्षको रुपमा पार्टीबाट सिफारिश भएको छ। वडाध्यक्ष पदमा चुनाव लड्नको लागि प्रअ पदबाट स्वेच्छाले राजीनामा दिएको प्रतिक्रिया लामाले दिएका छन्।

प्रकाशित: ९ वैशाख २०७९ १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App