८ मंसिर २०८१ शनिबार
image/svg+xml

सामूहिक राजीनामा दिने चिकित्सकको चेतावनी

कर्मचारी समायोजन विधेयकप्रति असहमति जनाउँदै सरकारी चिकित्सकले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्। चिकित्सकलाई संघमा नै समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका उनीहरुले विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि सामूहिक राजीनामा दिने चेतावनी दिएका हुन्।

घुस काण्डमा मुछिएका आयुक्त पाठकद्वारा राजीनामा

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन्। नेपालको संविधानको धारा २३८बमोजिम आजैदेखि लागू हुने गरी उनले आयुक्त पदबाट लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

नेविसंघ तदर्थ समिति : देउवा समूहका नेताबीच जुँगाको लडाइँ

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको राजीनामासँगै अन्यौलताका बीच रहेको नेविसंघको निकासका लागि पार्टीलाई बाटो खुलेको छ।

नेविसंघ अध्यक्ष महरको राजीनामा स्वीकृत

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नेविसंघ अध्यक्ष नैनसिंह महरको राजीनामा स्वीकृत गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले अध्यक्ष महरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

सत्य निरूपण आयोगका अध्यक्ष र सदस्यद्वारा राजीनामा

सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लिला उदासी खनालले राजीनामा दिएका छन्। आगामी शनिबार म्याद सकिँदै गरेको आयोगका दुई पदाधिकारीले बुधबार आयोगसमक्ष राजीनामा दिएको स्रोतले जनाएको छ।

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएकी छन्। उनले बुधबारदेखि लागु हुनेगरी सूचना तथा सञ्चारमन्त्रीलाई राजीनामा दिएको विज्ञप्ति मार्फत सार्वजनिक गरेकी छन्।

राजदूत शेर्पाले राजीनामा दिदैँ भनिन्- 'मेराे बारेमा भ्रम सिर्जना गरियाे'

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएकी छन्। मानव बेचबिखनको आरोप लगेपछि परराष्ट्र मन्त्रालयको आग्रहमा नेपाल आएकी राजदूत शेर्पाले पदबाट राजीनामा दिएकी हुन्।

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पाद्वारा राजीनामा

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन्। मानव बेचबिखनको आरोप लगेपछि परराष्ट्र मन्त्रालयको आग्रहमा नेपाल अाएकी राजदूत शेर्पाले राजीनामा दिएकी हुन्।

प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : डा. केसी

१६ औं पटक सत्याग्रहमा रहेका डा.गोविन्द केसीले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन्।

पर्यटनमन्त्रीको उद्घोष : राजीनामा दिन्न, निगमलाई धरासायी हुनबाट जोगाउँछु

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आफूले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन्।  संसदीय उपसमिति तथा लेखा समितिले ४ अर्ब ३५ करोड अनियमितता गरेको भन्दै कारवाहीका लागि सिफारिस गरेका बेला मन्त्री अधिकारीले भने राजीनामा नदिने बताएका हुन्। नागरिक न्युजसँग कुरा गर्दै मन्त्री अधिकारीले भने, ‘मैले राजीनामा दिन्न। वायुसेवा निगमलाई धरासायी हुनबाट जोगाउँछु’, उनले भने।

पर्यटनमन्त्रीले बाेलाए पत्रकार सम्मेलन, राजीनामा नदिने

वाइड बडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पत्रकार सम्मेलन बाेलाएका छन्। नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडी जहाज बारे उठेका समसामयिक विषयबारे जानकारी दिन आज विहान १० बजे मन्त्री अधिकारी, सचिव र सम्बद्ध अधिकारीको उपस्थितीमा पत्रकार सम्मेलन हुने पर्यटन मन्त्रालयले जनाएको छ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाद्वारा राजीनामा

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले पदबाट राजीनामा दिएका छन्। झाको नियुक्तीलाई लिएर सत्तारुढ नेकपा र सरकारबाहिर चर्काे आलोचना भइरहेका बेला बुधवार साँझ राजीनामा आएको हो।

ट्रम्पसँगको विवादपछि अमेरिकी रक्षामन्त्री म्याटिसले दिए राजीनामा

अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको जनाउँदै त्यहाँबाट अमेरिकी फौज हटाउने घोषणा गरेको भोलिपल्टै रक्षामन्त्री म्याटिसले राजीनामा दिएका हुन्।

भारतको केन्द्रीय बैंकका गर्भनरद्वारा पदबाट राजीनामा

भारतको केन्द्रीय बैंक भारतीय रिजर्व बैंक (आरबीआई)का गर्भनर उर्जित पटेलले पदबाट राजीनामा दिएका छन्। आरबीआईमा डेपुटी गर्भनर र गर्भनरका रुपमा ६ वर्षसम्म काम गरेका पटेलले सोमवार घरायसी कारण देखाउँदै राजीनामा दिएका हुन्।

वीर अस्पतालका डाक्टरको राजीनामा पत्र : चाकरी र घुस रकम पुर्‍याउन सकिन

वीर अस्पतालका न्युरो सर्जन डा ध्रुवराज अधिकारीले राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्रमा चाकडी र घुस दिन नसकेको उल्लेख गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्