१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

धनगढीलाई उपमेयर कप

पेनाल्टीमा धनगढीकी रेविका पाण्डे, रेखा पौडेल र बिर्सना चौधरीले गोल गर्दा सरस्वती रोकायाको प्रहार ललितपुरकी गोलकिपर अंकिता राईले उत्कृष्ट बचाउ गरेकी थिइन्।ललितपुरकी निर्मला विकले गोल गर्दा सम्झना लावतीको प्रहार पोस्टबाट बाहिरियो।

तलब नदिई कर्मचारी निकालियो

उपमहानगरको यो पछिल्लो पत्रपश्चात सहरी स्वास्थ्य केन्द्रका करार कर्मचारी गत कात्तिक १ गतेयता हाजिर भएका छैनन्। करार भएका कारण नगरपालिकाले जागिरबाट निस्कासन गर्‍यो। तर ८ महिनासम्मको उनीहरूको तलब सुविधासमेत दिन मानेन।

मेयर सम्मेलनमा भाग लिन ललितपुरका मेयर चिरिबाबु फ्रान्समा

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितको तीन सदस्यीय टोली मेयरहरुको सम्मेलनमा भाग लिन फ्रान्स पुगेको छ।

धनगढी र ललितपुर छनोट

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा)मुख्यालयको मैदानमा शुक्रबार भएका सेमिफाइनल खेलमा आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै फाइनल प्रवेश गर्दा राष्ट्रिय लिगका लागि छनोट भएका हुन्।

भीमबहादुर हत्याका आरोपी पुर्पक्षका लागि कारागार चलान

न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनीहरुलाई थप अनुसन्धान गर्नुपर्ने भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

धरानको सेउती खोलामा ६ वर्षमा बन्यो पुल, अधेरी खोलामा अलपत्र

धरान उपमहानगरपालिकाको वडा नं १५, निराजन बस्ती र वडा नं ४ को खैरेनीटार जोड्ने पक्की पुल ६ वर्षमा निर्माण सम्पन्न भएको छ।

विराटनगर महानगरपालिकाका प्रमुखबाट दण्डवत् प्रणामको यात्रा सुरु

विश्व शान्ति र मानवकल्याणका निम्ति विराटनगर महानगरपाकिका प्रमुख भीम पराजुलीले सदाझै यसवर्ष पनि छठपर्वमा छठीमाताका लागि दण्तवत् प्रणाम गर्दै घाटसम्म पुग्ने यात्रा आरम्भ गरेका छन्।

सरकारी विद्यालयमा ४० नाघेका शिक्षक!

‘सरकारी विद्यालयका शिक्षक प्रवेशको उमेर हदबन्दी ४० वर्ष हो,’ विश्वनिकेतनका प्रअ हेरम्बराज कँडेलले भने ‘तर हाम्रो विद्यालयमा दुई शिक्षकहरु ४० वर्ष भन्दा माथिका हुुनुहुन्छ। महानगरलेनै नियुक्ति गरि उपलब्ध गराएको हो।’

एक शिक्षक, जसले लकडाउनलाई अवसर बनाए

शहीदको नाममा खुलेको विद्यालयको ‘गिर्दो शाख’लाई उँचो बनाउने उनको आत्मविश्वास र सुनौलो भविष्यप्रतिको आशाले उनमा बल मिल्यो, ‘लकडाउनलाई अवसरमा बदल्ने।’

‘ल्याण्डफिल साइट’ पस्मराङमा सार्ने निर्णय विरुद्ध स्थानीयको विरोध

पोखराको ल्याण्डफिल साइट पोखरा महानगरपालिका–१६ र २० को बीचमा पर्ने पस्मराङमा सार्ने निर्णयबिरुद्ध स्थानीयबासी आन्दोलित भएका छन्। महानगरको उत्तरपूर्वी क्षेत्र पस्मराङमा ल्याण्डफिल साइट सार्नु घातक हुने भन्दै उनीहरुले आन्दोलन थालेका हुन्।

शिक्षक पदस्थापनमा मनपरीः दरबन्दी रिक्त नहुँदै अर्को शिक्षक सरुवा पक्का

शिक्षा व्यवस्थापनका लागि प्राप्त अधिकार प्रयोग गरेको घोराही उपमहानगरको शिक्षक व्यवस्थापनको यो शैलीले भने शिक्षा नियमावलीलाई चुनौती दिइरहेको छ।

धवलका चार बर्षे यात्रा समीक्षा: चुनावी एजेण्डामा चुक्दै

नागरिकलेयतिबेला ठूल्ठूला राजनीतिक विकास र ठूलो परियोजनाहरुको अपेक्षा गरेका छैनन्। नागरिकले सामान्य दैनिक निर्वाहदेखि सुरक्षित बसोबासको आश गरेको चार वर्ष पुगिसक्यो। अवस्था जहाँको तहीँ।

पोखराको ‘ल्याण्डफिल साइट’ पस्मराङमा सारिने

पोखरा महानगरपालिकाले हालको ल्याण्डफिल साइट महानगरपालिकाको उत्तरपूर्वी क्षेत्र पस्मराङमा सार्ने भएको छ। महानगरपालिकाको हालै बसेको कार्यपालिका बैठकले हाल पोखरा–१४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइट पोखरा–१६ र २० को बीचमा पर्ने पस्मराङमा सार्ने निर्णय गरेको हो।

तीन महिना पछि काममा फर्किए पोखरा महानगरका मेयर

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले कार्यबाहक प्रमुखको जिम्मेवारी उपमेयर मन्जुदेवी गुरुङलाई दिएका छन्। महानगर प्रमुख जिसीले उपप्रमुख गुरुङलाई आफू कार्यालय नआउँदासम्म कार्यवाहक प्रमुख भई दैनिक कार्य सञ्चालन गर्ने गरी लिखित रुपमा जिम्मेवारी दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्