७ वैशाख २०८१ शुक्रबार
राजनीति

मेयर सम्मेलनमा भाग लिन ललितपुरका मेयर चिरिबाबु फ्रान्समा

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितको तीन सदस्यीय टोली मेयरहरुको सम्मेलनमा भाग लिन फ्रान्स पुगेको छ।

फ्रान्सको राजधानी पेरिसमा नोभेम्बर १६ (कात्तिक ३०) देखि सुरु हुने मेयर सम्मेलनमा भाग लिन मेयर महर्जनसहित पूर्वप्रशासक तथा पर्यटन विज्ञ मुकुन्द विष्ट र गंगालाल अस्पतालकी नर्स लीला तथा फ्रेन्ज भाषाकी ज्ञाता खनाल बिहीबार फ्रान्स पुगेका हुन्।

फ्रान्समा प्रत्येक वर्ष मेयस सम्मेलन हुने गरेको छ। फ्रान्सको मेयर संगठनका अध्यक्ष फँस्वा बार्रवाले मेयर सम्मेलनमा सहभागी हुन महर्जनलाई निमन्त्रणा गरेका थिए। यो १०३ औँ मेयर सम्मेलन हो।

नेपालको तर्फबाट पहिलोपटक सो सम्मेलनमा भाग लिन ललितपुर महानगरपालिकाका मेयर महर्जन फ्रान्स पुगेका हुन्। फ्रान्स बसाईका क्रममा मेयर महर्जनले त्यहाँका मेयरहरु तथा अन्य उच्च ओहोदाका व्यक्तित्वहरुसँग भेटघाट गर्नेछन्। साथै, विभिन्न ठाउँ तथा पर्यटन क्षेत्रहरुको भ्रमण तथा अवलोकन पनि गर्नेछन्। उनको टोली नोभेम्बर २१ का दिन नेपाल फर्किनेछ।

विशेषगरी मेयर महर्जनले फ्रान्सका हिमाली क्षेत्रमा मेयरहरुसँग भेटघाट र द्विपक्षीय विषयमा छलफल गर्नेछन्। मेयर महर्जनले नेपाल र फ्रान्सका मेयरहरुको साझा संगठन बनाउन पहल गर्ने जानकारी नेपाल(फ्रान्स मैत्री संघका अध्यक्ष विनोद खकुरेलले बताएका छन्।

फ्रान्सको मेयरहरुको संगठनमा त्यहाँका ३३ हजार मेयरहरु आबद्ध छन्। सम्मेलन मङ्सिर २ गतेसम्म चल्ने छ।

प्रकाशित: २७ कार्तिक २०७८ १२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App