१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

त्रियुगाको राजश्व ४ महिनामा १० प्रतिशत

सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिकाको राजश्व संकलन साह्रै धीमा गतिमा भईरहेको छ।जिल्लामा सबैभन्दा धेरै जनसंख्या र भौगोलिक क्षेत्रफलको हिसावले पनि ठूलो नगरपालिकाको चालु आर्थिक वर्षको ४ महिनामा राजश्व संकलन टिठलाग्दो छ।

गोदाममै थन्कियो ७१ मेट्रिक टन मल

हिउँदेबाली लगाउनका लागि ल्याइएको मललाई बिक्रेताले नलगेपछि गोदाममै थन्किएको छ।पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड, नवलपरासीले हिउँदे बालीका लागि ल्याएको मल जिल्लास्थित बिक्रेता संस्था सहकारीले नलगेपछि गोदाममा थन्किएको जनाएको छ।

सडक पहुँचपछि मुहार फेर्दै राजधानीका गाउँ

कमलविनायकबाट करिब तीन सय मिटरअगाडि नेपाली सेनाको सैनिक प्रतिष्ठानदेखि उत्तरपट्टि पर्ने पुरानो बस्ती चाँगुनारायण नगरपालिका ५ छालिङकाे मुहार सडक सहज पहुँचसँगै फेरिन थालेको छ।

सवा दुई अर्ब ठगेर फरार मेयरलाई ‘प्रहरीकै संरक्षण’

सर्वसाधारणको करिब सवा दुई अर्ब रूपैयाँ ठगी गरेको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली राजनीतिक तथा प्रहरी प्रशासनको संरक्षण हुँदा पक्राउ परेका छैनन्।

धनगढीका सडकमा साइकल लेन

धनगढी उपमहानगरपालिकाले कैलालीको मोहनापुल-अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी क्षेत्रमा छुट्टै साइकल लेन निर्माण गरेको छ।

सामाजिक सद्भाव र विकासका लागि ‘सहकर्मी समाज’

एक घरको अर्कोलाई मतलब नहुने र एकले अर्काको समस्यामा साथ नदिने मात्रै होइन, कुनै बस्ती टोलका घर आफ्नै भएर पनि हातको पानीसमेत खान नपरोस् भन्ने कठोर मन बनाएर विभाजित भएका थुप्रै तथ्य गाउँ पुग्दा भेटिन्छन्।

भक्तपुर नगरपालिकाले सय एक जना विद्यार्थीलाई शैक्षिक ऋण दिने

भक्तपुर नगरपालिकाको यो वर्षको लागि शैक्षिक ऋण दिन एक सय एक जना विद्यार्थी छनौट गरेको छ। छनौटमा परेका विद्यार्थीसँग शुक्रवार नगरपालिकाले शैक्षिक ऋणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

सर्लाही बरहथवा तनावग्रस्त: गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

सर्लाहीको बरहथवामा नगरपालिकामा अस्पतालको बिषयमा भइरहेको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ।

सर्लाहीको बरहथवामातनाव स्थिति नियन्त्रणमा लिन १४ राउन्ड अश्रुग्याँस प्रहार

सर्लाहीको सर्लाहीको बरहथवामा उत्पन्न भएको तनाव नियन्त्रणमा लिन प्रहरीले १४ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ।अस्पतालको विषयलाई लिएर बरहथवा नगरपालिकामा उत्पन्न भएको तनाव नियन्त्रण हुन नसकेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेका छन्।

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

सदरमुकाम गाईघाटमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको निधन भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

फोहोर व्यवस्थापन जिम्मा सरकारलाई

काठमाडौं भ्याली मेयर्स फोरमको छैटौं बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्