१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

१० करोडमा देउमाईको प्रशासकीय भवन

इलामको देउमाई नगरपालिकाको निर्माणाधीन प्रशाशकीय भवन। तस्बिर : नागरिक

देउमाई नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। नगरको केन्द्र मंगलबारे बजारमा भवन निर्माण भइरहेको हो।

०७८ असोज १६ मा नौ रोड ७२ लाख १३ हजार रुपैयाँमा भवन निर्माण सम्झौता भएको थियो। कविन्द्र-नवसिर्जनशील जेभीले निर्माण गरिरहेको छ। सुरुमा गत मंसिरसम्म निर्माण अवधि रहेकोमा म्याद थप गरी आउँदो फागुन २६ सम्म लम्ब्याइएको छ। अहिलेसम्म भवन निर्माणको ८५ प्रतिशत काम सम्पन्न भएको इन्जिनियर प्रतीक दवाडीले बताए।

छ तले भवनमा ३६ कोठा छन्। लिफ्ट जडान गरिने भवनमा चार सयजना अटाउने एक सभाहल निर्माण गरिएको छ। दवाडीका अनुसार झ्याल–ढोकाको काम ९० प्रतिशत, टायल–मार्बल ९५ प्रतिशत, रङरोगन ८० प्रतिशत र फायर फाइटिङ विद्युतीकरणको काम ९० प्रतिशत सकिएको छ। भवन निर्माण लगानीमा संघीय सरकार र देउमाई नगरको आधा-आधा साझेदारी रहेको नगरपालिकाले जनाएको छ।

प्रकाशित: २२ पुस २०८० ०३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App