१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

फोहोर व्यवस्थापन जिम्मा सरकारलाई

काठमाडौं भ्याली मेयर्स फोरमको निर्णय

काठमाडौं भ्याली मेयर्स फोरमको छैटौं बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ। बुधबार गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको बैठकले सो निर्णय गरेको हो।

बैठकले नेपाल सरकार र नेपवेस्टका बीचमा २०१८ मा भएको सम्झौता हालसम्म कार्यान्वयन हुन नसकेको र नेपाल इन्भेस्टमेन्ट बोर्डले काठमाडौं महानगरपालिकालाई कार्यान्वयनका निमित्त पठाए पनि महानगरपालिकाले सरकारलाई नै फिर्ता पठाइसकेकाले सरकारले नै फोहोर व्यवस्थापनका बाँकी काम गर्न आग्रह गर्ने निर्णय भएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए।

उनले  पिडिएका निमित्त धेरै कन्डिसन नेपवेस्टले प्रस्ताव गरेको तथा स्थानीय पालिकाहरूले नेपवेस्टको मागअनुसारको जग्गा दिन नसक्ने र नेपवेस्टको टिओआर (टर्म अफ रेफेन्स) बनाउँदा कुनै पनि पालिका संलग्न नभएकाले यस विषयमा बाँकी काम नेपाल सरकारले नै गर्ने गरी उपत्यकाभित्रका सबै नगरपालिकाको फोहोर व्यवस्थापनका निमित्त सरकारलाई नै अनुरोध गर्ने निर्णय फोरमले गरेको  बताए।

‘बुधबार काठमाडौं भ्याली मेयर्स फोरमको छैटौं बैठक गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको हो। बैठकमा मूलभूत रूपले फोहोर व्यवस्थापन सम्बन्धमा नै हाम्रो कुरा केन्द्रीकृत भयो’, उनले भने, ‘बैठकबाट यो विषयमा बाँकी काम नेपाल सरकारले नै गर्ने गरी उपत्यकाभित्रका सबै नगरपालिकाको फोहोर व्यवस्थापनका निमित्त नेपाल सरकारलाई नै अनुरोध गर्ने निर्णय भयो।’

प्रकाशित: २० पुस २०८० ०७:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App