११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

सर्लाहीको बरहथवामातनाव स्थिति नियन्त्रणमा लिन १४ राउन्ड अश्रुग्याँस प्रहार

सर्लाहीको बरहथवा नगरपालिकामा उत्पन्न भएको तनाव नियन्त्रणमा लिन प्रहरीले १४ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ।अस्पतालको विषयलाई लिएर बरहथवा नगरपालिकामा उत्पन्न भएको तनाव नियन्त्रण हुन नसकेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेका छन्।

सर्लाहीको बहरथवा नगर अस्पताललाई प्रदेशको मातहत गाभ्नुपर्ने माग राख्द्रै नेपाली काँग्रेस सहित पाँच दलिय गठबन्धनका नेता एवं कार्यकर्ताहरूको मागलाई  नगरप्रमुख कल्पना कटवालले बेवास्ता गरेपछि नगरपालिका कार्यालयमा ढुगामुढा र तोडफोड हुन थालेपछि प्रहरीले बल प्रयोग गर्दै १४ राउन्ड भन्दा बढी टियरग्यास प्रहार गरेपनी स्थिति नियन्त्रणमा आउन सकेको छैन । 

नपाकी प्रमुख कटुवाल नगरपालिकाको कार्यालयमा प्रवेश गरेपछि स्थानीयहरू उग्रबन्दै ढुंगामुढा गर्नुका साथै नगरपालिकाको कार्यालय तोडफोड गर्न थालेपछि बल प्रयोग गर्नु परेको  सर्लाही प्रहरीको भनाइ छ ।

बरहथवा नगरपालिका वडा नम्बर ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैंयाको लागि भएको नगरपालिका बोर्डका निर्णयको कार्यान्वयनको माग राख्दै पटक पटक विरोध प्रदर्शन भएको थियो ।

बरहथवा नगरपालिकाको कार्यालयको अगाडी नेपाली काँग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा नेपाल, बहुजन एकता पार्टी नेपाल सहितको ५ दल विरोधमा उत्रेका हुन । अहिले बरहथवा बजार पूर्ण रुपमा बन्द रहेका छन् भने यातायात संचालनमा रहेको बताइएको छ । कार्यपालिकाको बैठक प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैंयाको स्तरोन्नतिको निर्णय विपरीत आएको कडा प्रतिकार गर्ने मेयर प्रत्याशी बिगु चौधरीले बताए । 

प्रकाशित: २० पुस २०८० १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App