७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्लाही बरहथवा तनावग्रस्त: गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

सर्लाहीको बरहथवामा नगरपालिकामा अस्पतालको बिषयमा भइरहेको  झडपमा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ।बरहथवा नगरपालिकाको नगर प्रमुख  कल्पना कटुवालको घरमा आन्दोलनकारीले  तोडफोड गर्न थालेपछि स्थित नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली टाउकोमा लागेर एक जनाको घटना स्थलमै ज्यान गएको छ।

मेयर कटुवालको घरमा  प्रदर्शनकारीहरुले तोडफोड गर्न थालेपछि प्रहरीले गोली चलाएको गोली लागेर बरहथवा नगरपालिका ६ का ३० बर्षिय जयशंकर साहको घटना स्थलमै ज्यान गएको छ।साह बतलबास बजारबाट बरहथवा बजारतर्फ आउने क्रममा नेपाल विद्युत् प्राधिकरण नजिक छेउमा टाउकोमा गाली लाग्दा घटनास्थलमै मृत्यु भएको जनमत पार्टीका युवा नेता राजनकुमार सिंहले बताए। प्रहरीको गोली लागेर ज्यान गुमाएका साह बरहथवा स्थित सर्लाही होटेलका सञ्चालक हुन।

अस्पतालको विषयलाई लिएर करिब दुई सातादेखि बरहथवा नगरपालिका अगाडि नेपाली काङ्ग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा नेपाल र बहुजन एकता पार्टी सहित पाँच दलिय गठबन्धनले आन्दोलन गर्दै आएको थियो। बरहथवा बजार क्षेत्र अहिले निकै तनावग्रस्त बनेका छन्।प्रहरी र प्रदशनकारीहरु विच ठाँउ ठाउँमा झड्प भईरहेको छ।  

प्रकाशित: २० पुस २०८० १०:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App