१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

सदरमुकाम गाईघाटमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको निधन भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

शुक्रबार बिहान १ः३० बजे मदन भण्डारी लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका ११ पिजीचोकमा पूर्वतर्फ गईरहेको प्र १-०५-००१ प ७४३० नं. को मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार दुई युवकमध्ये २२ वर्षीय मनोज चौधरीको निधन भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका अनुसार मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको बायाँतर्फको सिमेन्ट रेलिङमा ठोक्किएर दुर्घटना भएको पाइएको छ। दुर्घटनामा परी मोटरसाइकलमा सवार घाइते दुवैजनाको उद्धार गरी जिल्ला अस्पताल लगिएकोमा त्रियुगा ११ मुख्यचोकका चौधरीको उपचारका क्रममा निधन भएको हो।

अर्का गम्भीर घाइते गाईघाटकै २२ वर्षकै ज्ञानेन्द्र मलाहालाई थप उपचारका लागि विराटनगर रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख वरिष्ठ नायब निरीक्षक (वसई) लोकबहादुर दियालीले बताए।

उनका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान छ। घट्नाबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित: २० पुस २०८० ०७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App