१७ असार २०८१ सोमबार
image/svg+xml

उपत्यकामा एक साता निषेधाज्ञा थप

खाद्यान्न, तरकारी, पुस्तक पसल बिहान ११ बजेसम्म, हार्डवेयर पसल अपराह्न ४ बजेपछि र वर्कसप राति ९ बजेसम्म खोल्न पाइने भएको छ।

पर्सामा निषेधाज्ञा खुकुलो, विकास निर्माणको काम गर्न पाइने

कोरोनाका नयाँ संक्रमितहरु थपिने क्रम कम भएपछि समान्य खुकुलो ब्यवस्था सहित परिमार्जित निषेधाज्ञा पर्सामा निरन्तरता दिइएको हो। प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे द्वारा हस्ताक्षरीत आदेशमा खाद्यवस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसाय बाहेक अन्य सबै पसल व्यवसाय हाललाई सञ्चालन नगर्ने भनिएको छ।

उपत्यकामा थप एक साता निषेधाज्ञा, यी क्षेत्र हुने भए खुला

उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साताको लागि लम्ब्याइएको छ। जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता लम्बाउने निर्णय भएको हो ।

ताप्लेजुङमा असार ७ गतेसम्म निषेधाज्ञा

प्रजिअ पाण्डेका अनुसार बैंकहरुको सेवा बिदाका दिनबाहेक अरु दिन बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्मका लागि कायम गरिएको छ

उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी, खाद्यान्न पसल खुल्ने समय बढाइँदै

उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साताको लागि लम्ब्याइने भएको छ। हाल भइरहेको निषेधाज्ञालाई केही खुकुलो पार्दै म्याद थप्नेबारे छलफल भइरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार खाद्यान्न पसल र तरकारी पसल खोल्ने समय बढाइने छ।

'कोरोनाको डर लाग्छ तैपनि, फोहोर उठाउँछु'

‘हो, अहिले फोहोर कम छ, तर त्यो उठाउनै पर्छ,’ सफाइकर्मी मदन कसलवटले भने, 'यस्तो बेला फोहोर नउठाए फेरि कोरोनासँगै अर्को महामारी आउने डर रहन्छ।’

निजी क्षेत्रको मागः निषेधाज्ञा अवधिमा जरिवाना नलगाऊ

कोभिड १९ नियन्त्रण तथा रोकथाम गर्न मुलुकभर निषेधाज्ञा लगाउँदा उद्योग, व्यवसाय ठप्प भएकाले निषेधाज्ञा अवधिमा कर बुझाउन नसक्ने उद्यमी, व्यवसायीलाई जरिवाना नलगाउन निजी क्षेत्रका छाता संस्थाले आग्रह गरेका छन्।

बाँकेमा निषेधाज्ञा जेठ ३१ गतेसम्म थपियो

दोस्रो चरणमा कोरोना महामारीको संक्रमण तीव्ररुपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयले गत वैशाख ९ गतेबाट नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र र त्यसपछि बैशाख १३ गतेबाट जिल्लाभर निषेधाज्ञा लागु गरेको थियो।

निषेधाज्ञाले लिची बिक्री नहुँदा किसान समस्यामा

गत वर्ष पनि लिची बेच्न पाइएन यो वर्ष पनि यस्तै भयो, कृषक कोइरालाले भने, लिची खेती गर्दा वर्षमा एक पटकमात्र उत्पादन हुने हो, झण्डै चार क्विन्टल लिची ब्रिक्री नभएपछि बोटमै कुहिएर झर्न थालेको छ।

म्याग्दीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो

सोमबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को भर्चुअल बैठकले सोमबार राति १२ बजेदेखी लागु हुने गरी एक साता लकडाउन थप्ने निर्णय गरेको हो।

निषेधाज्ञा पालन गराउन डिजे बाजा रोक्न खोज्दा झडप, डिएसपिसहित सात प्रहरी घाइते

निषेधाज्ञाको समयमा ठूलो भीडभाड गरी डिजे बाजा बजाइरहेको सूचनाको आधारमा सम्झाई बुझाई गर्न गएको प्रहरीमाथि स्थानीयले ठूलो आक्रमण गरेको छ। आक्रमणबाट डिएसपिसहित सात प्रहरी घाइते भएका छन्।

कपिलवस्तुमा थप एक साता निषेधाज्ञा

एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो। जेठ २४ देखि ३१ जेठ सम्मका लागि निषेधाज्ञा थपिएको हो। जिल्लामा गत बैशाख २१ देखि निषेधाज्ञा जारी छ।

धादिङमा जेठ मसान्तसम्म निषेधाज्ञा थप

धादिङमा जेठ मसान्तसम्म निषेधाज्ञा थप गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि बसेको कोभिड व्यवस्थापन समितिको बैठकले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो ।

इलाममा जेठ ३१ सम्म निषेधाज्ञा

यो अवधिभर बाहिरबाट जिल्ला भित्रिने तथा जिल्लाभित्र चल्ने सबैखाले सार्वजनिक यात्रुबाहक तथा निजी सवारी साधन चल्न पाउने छैनन्। भिडभाड हुने सबैखाले हाटबजार, मेला, जात्रा, प्रतियोगिता, सभा–सम्मेलन, भेलालगायत बन्द गरिएको छ।

उदयपुरमा जेठ २८ सम्म निषेधाज्ञा, बैंकहरु ३ दिन खुल्ने

संक्रमितको संख्या नघटेपछि चौथो पटक एकसाता बढाउनु परेको प्रमुख जिल्ला अधिकारी तथा डिसिसिएमसी अध्यक्ष तुलसीराम सेंढाईले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्