coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

म्याग्दीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो

म्याग्दीमा जेठ ३१ गतेसम्म निषेधाज्ञाको समय थपिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको भर्चुअल बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  

सोमबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को भर्चुअल बैठकले सोमबार राति १२ बजेदेखी लागु हुने गरी एक साता लकडाउन थप्ने निर्णय गरेको हो।

जिल्लामा पछिल्लो निषेधाज्ञाको समय सोमबार राति १२ बजे सकिँदैछ। जिल्लामा कोरोना संक्रमणको दर घट्दै गएपनि छिमेकी जिल्लामा थपिएको समयअवधीलाई मध्यनजर गरी रोकथाम तथा नियन्त्रणका लागि एक साता थप गरिएको प्रजिअ अधिकारीले बताए। ‘संक्रमणको दर घटेको छ,‘ जोखिम टरेको छैन’ प्रजिअ अधिकारीले भने।

बैठकमा सहभागीले यसअघि लागु भएको नियम यथावत राखेर निषेधाज्ञा थप्न सुझाव दिएका थिए। निषेधाज्ञामा अवधिमा हाल सातामा आइतबार बुधबार वित्तिय संस्था खोल्ने,तरकारी, खाद्यन्न, बिउबिजन, कृषि औजार, निर्माण सामाग्रीका पसलहरु बिहान ५ बजे देखि १० बजेसम्म खुल्ला रहने तथा अति आवश्यक सेवाको सूचीमा रहेका बाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा सञ्चालन बन्द गरिएको छ। गत बैशाख महिनाको २३ गतेदेखि म्याग्दीमा निषेधाज्ञा जारी गरिएको थियो। 

प्रकाशित: २४ जेष्ठ २०७८ ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App