८ आश्विन २०८१ मंगलबार
image/svg+xml

रकम अपचलका कारण बन्द रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी पुनः सञ्चालन

दुई वर्ष ७ महिनादेखि अदालतमा चलेको मुद्दाका कारण बन्द भएर अन्योलमा रहेको सहकारीको सेवा पुनः सुरु भएको सहकारीका अध्यक्ष राजुप्रसाद अर्यालले बताए। उनले पहिला चरणमा ऋणीहरुसँग सावा र ब्याज असल्ने प्रकृया थालिने बताए। बचतकर्ताहरुको पैसा दशै वा तिहारपछि किस्ताबन्दीमा फिर्ता गरिने उनले बताए।

पर्याप्त सुविधासहित अत्याधुनिक सार्वजनिक शौचालय निर्माण

शौचालयको अवलोकन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले शौचालयमा प्रयोग भएका वातावरणमैत्री प्रविधिलाई अन्य स्थानमा समेत विस्तार गर्नु आवश्यक रहेको बताए। शौचालयमा प्रयोग भएको आकासेपानी संकलन र पुनः भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको जानकारी गराउँदै शौचालयलाई सिकाई केन्द्रको रूपमा विकास गर्न सकिने बताए।

पुर्चौडीका जनप्रतिनिधिद्वारा वर्षाले पुर्‍याएको क्षतिबारे अनुगमन

पहिरोका कारण क्षति पुर्‍याएका ठाउँमा अनुगमन गरेर प्रभावित परिवारलाई राहत दिने उद्देश्यले अनगुमन गर्न थालेको नगरप्रमुख दीपकबहादुर बमले बताए। बिहीबार पुर्चौडी नगरपालिका–१ का कलावती धानुकको घरमा पुगेर क्षतिको विवरण संकलन गरिएको छ।

गाईजात्रा मार्गमा तार व्यवस्थित गर्नेबारे छलफल

विद्युत, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कका तारहरु व्यवस्थित गर्ने विषयमा सरोकारवालाहरुको बैठक बसेको हो। बैठकले प्रसिद्ध गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्न सरोकारवाला सबै पक्षबाट आ–आफ्नो भूमिका निर्वाह गर्ने सहमति गरिएको छ।

धनगढीका स्वतन्त्र मेयर गोपाल भक्तपुरमा

शिक्षा, स्वास्थ्य र विशेषगरी फोहाेरमैला व्यवस्थापनबारे अध्ययन भ्रमणमा उनी आएको बुझिएको छ।

एक स्थानको फोहोर अर्को स्थानमा सार्नु दीर्घ समाधान होइन

चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र साहको नेतृत्वमा स्थान खोज्ने काम भइरहेको छ।

खानेपानी वितरणका लागि खनिएका सडक कालोपत्रे नभएकोमा बालेनको असन्तुष्टि

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले खानेपानी वितरणका लागि खनिएका सडक कालोपत्रे नभएको भन्दै असन्तुष्टि जनाएका छन्।

उडिरहेको जहाजमा चुरोट तान्ने यात्रु पक्राउ

उडान नं २५३ बाट आज अपरान्ह धनगढी उडेको जहाजको सीट नं ‘११ ए’ मा बसेका कैलाली टीकापुर नगरपालिकाका नारायण उपाध्यायले शौचालय छिरेर चुरोट तानेपछि उडान अवधिभर उडानमा खटिएका कर्मचारीले निगरानीमा राखेको बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णले जनाएका छन्।

पोखराका मेयर भन्छन्ः काम देख्न कम्तिमा ‘हनिमुन पिरियड’ सम्म त पर्खिनुस्

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आफ्नो काम हेर्न ‘हनिमुन पिरियड’ सम्म पर्खिन आग्रह गरेका छन्। महानगरको बजेट आईतबार पारित भएपछि सोमबार विहान पत्रकार सम्मेलन गर्दै उनले आफ्नो काम हेर्न कम्तिमा एकसय दिन कुर्न आग्रह गरे ।

बालेनले फिर्ता गरे श्रीपेच

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले ‘नेपहपको श्रीपेच’ रियालिटी सोको विवाद चर्किएपछि श्रीपेच फिर्ता गरेका छन्। मंगलबार ज्याठास्थित एक बौद्ध बिहारमा रहेका भिक्षुलाई उनले ‘नेपहपका श्रीपेच’का विजेता भाइबर साइमनसँगै गएर फिर्ता गराएका हुन्।

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब, सबैभन्दा बढी बजेट शिक्षामा

भक्तपुर नगरपालिकाकाले आर्थिक वर्ष २०७९/८० को लागि दुई अर्ब रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ।

शिक्षामा सुधारका लागि मेयर बालेनका ६ सूत्र

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले महानगरभित्रका सार्वजनिक शिक्षा सुधारका ६ सूत्रीय योजना कार्यान्वयनमा ल्याउन महानगर शिक्षा विभागलाई निर्देशन दिएका छन्।

आयोजनाको काम छिटो सम्पन्न गर्नुस्ः नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज मादीनदी लिफ्टिङ खानेपानी आयोजना अवलोकन गरेका छन्।

सदरमुकामकै झोले विद्यालयमा नगर प्रमुख पुगेपछि...

निर्वाचित भएर शपथ ग्रहण गरी कार्यभार सम्हालेपछि चुनाव प्रचारको भन्दा पनि निकै बढी सक्रिय देखिएका गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह मंगलबार एउटा यस्तो विद्यालयमा पुगे जहाँको अव्यस्था कुनै दन्त्यकथाको विद्यालय जस्तो पाइएको छ।

'केही दिनभित्रै खानेपानी ल्याइदिन्छौं'

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले केही दिनभित्रै नगरमा पानी ल्यादिने बताएका छन्। आफूहरु निर्वाचित भइ सपथ खाएको पहिलो दिनमै त्यसका लागि दौडेको भन्दै उनले मेलम्चीको पानी भक्तपुर ल्याइदिने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्