४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

उडिरहेको जहाजमा चुरोट तान्ने यात्रु पक्राउ

फाइल तस्बिर।

काठमाडौँबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रु पक्राउ परेका छन्।

उडान नं २५३ बाट आज अपरान्ह धनगढी उडेको जहाजको सीट नं ‘११ ए’ मा बसेका कैलाली टीकापुर नगरपालिकाका नारायण उपाध्यायले शौचालय छिरेर चुरोट तानेपछि उडान अवधिभर उडानमा खटिएका कर्मचारीले निगरानीमा राखेको बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णले जनाएका छन्।

कर्णका अनुसार धनगढी अवतरण भइसकेपछि ती यात्रुलाई धनगढी प्रहरीको जिम्मा लगाइएको छ। उपाध्यायलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २९ असार २०७९ १३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App