१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पुर्चौडीका जनप्रतिनिधिद्वारा वर्षाले पुर्‍याएको क्षतिबारे अनुगमन

पहिरो प्रभावित परिवारसँग भेटघाट गर्दै पुर्चौडी नगरपालिकाका जनप्रतिनिधि।

वर्षाले पुर्‍याएको क्षतिबारे बझ्न पुर्चौडी नगरपालिकाका जनप्रतिनिधि प्रभावित ठाउँमा जान थालेका छन्। लगातारको वर्षाले नगरका विभिन्न ठाउँमा पहिरो खसेर क्षति गरेपछि नगरपालिकाका मेयर, उपमेयर लगायतका जनप्रतिनिधि पहिरोबाट प्रभावित परिवारसँग भेटघाट गर्न थालेका हुन्।

पहिरोका कारण क्षति पुर्‍याएका ठाउँमा अनुगमन गरेर प्रभावित परिवारलाई राहत दिने उद्देश्यले अनगुमन गर्न थालेको नगरप्रमुख दीपकबहादुर बमले बताए। बिहीबार पुर्चौडी नगरपालिका–१ का कलावती धानुकको घरमा पुगेर क्षतिको विवरण संकलन गरिएको छ।

लगातारको वर्षाले घानुकको घर भत्किँदा पशुचौपाया घाइते भएका छन् भने अन्नपातसमेत क्षति गरेको छ। नगरप्रमुख बम, उपप्रमुख मीना धानुक, वडा नं. १ का वडाध्यक्ष गणेशबहादुर गडाल लगायतको नगरपालिकाको टोलीले अनुगमन गरेको हो।

पीडित परिवारलाई जतिसक्दो चाँडो पालिकाका तर्फबाट राहत दिइने वडा नं. १ का वडाध्यक्ष गडालले बताए। पहिरोले क्षति पुगेका अन्य वडामा पनि अनुगमन गरी प्रभावित परिवारलाई राहत उपलब्ध गराउने नगरपालिकाले जनाएको छ। जिल्लाका १० स्थानीय तहमध्ये पुर्चौडी नगरपालिका पनि पहिरोको उच्च जोखिममा छ।

प्रकाशित: १९ श्रावण २०७९ १२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App