coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

बालेनले फिर्ता गरे श्रीपेच

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले ‘नेपहपको श्रीपेच’ रियालिटी सोको विवाद चर्किएपछि श्रीपेच फिर्ता गरेका छन्। मंगलबार ज्याठास्थित एक बौद्ध बिहारमा रहेका भिक्षुलाई उनले ‘नेपहपका श्रीपेच’का विजेता भाइबर साइमनसँगै गएर फिर्ता गराएका हुन्।

शनिबार भएको फाइनलमा मोरङका भाइबर साइमनलाई कार्यक्रम आयोजकले ‘पञ्च बुद्ध मुखः’लाई श्रीपेचको रूपमा प्रदान गरेको थियो। मेयर साहसमेत सो कार्यक्रमका निर्णायक मण्डलका एक सदस्य थिए। मेयर हुनुअघिदेखि सो कार्यक्रममा निर्णायकको रूपमा रहेका बालेनले मेयरपछि पनि प्रतियोगिता सकिँदासम्म निरन्तर रहने भन्दै जिम्मेवारी निर्वाह गरिरहेका थिए।

बौद्ध सम्प्रदायले श्रीपेचलाई लिएर आपत्ति जनाएपछि सामाजिक सञ्जालमा ‘पञ्च बुद्ध मुखः’लाई श्रीपेचको रूपमा प्रदान गरिएको विषयबारे विवाद चर्किएको थियो। मंगलबार बज्राचार्य समन्वय परिषदले पञ्च बुद्ध मुखःलाई र्‍याप प्रतियोगतामा उपाधिका रूपमा प्रदान गरेको भन्दै आपत्ति जनाएको थियो।

‘पवित्र पञ्च बुद्ध मुखःलाई र्‍याप प्रतियोगतामा उपाधिका रूपमा प्रयोग गरेकोमा बज्रयानी बौद्धहरूको अवमूल्यन हुन गएकाले हामी यसको भर्सनन गर्दछौं,’ परिषदले विज्ञप्तिमा उल्लेख गरेको थियो। यसअघि आयोजकले सोमबार गल्ती गरेको स्विकार्दै माफी मागेका थिए।

प्रकाशित: २२ असार २०७९ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App