७ वैशाख २०८१ शुक्रबार
राजनीति

'केही दिनभित्रै खानेपानी ल्याइदिन्छौं'

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले केही दिनभित्रै नगरमा पानी ल्यादिने बताएका छन्। आफूहरु निर्वाचित भइ सपथ खाएको पहिलो दिनमै त्यसका लागि दौडेको भन्दै उनले मेलम्चीको पानी भक्तपुर ल्याइदिने बताएका हुन्।

यस्तै जेठको दोस्रो हप्ताबाट मेलम्चीको पानी वितरण सुरु हुने उनले बताए। सेवा निबृत शिक्षक समाज भक्तपुरले आफूहरुको सम्मान शनिबार गरेको शुभकामना तथा बधाइ कार्यक्रममा उनले सूर्यविनायकको कटुञ्जेस्थित खानेपानी ट्यांकीमार्फत जेठको दोस्रो साताबाट भक्तपुर नगरपालिकामा खानेपानी वितरण सुरु हुन लागेको जनाए।

आफूसहित उपप्रमुख रजनी जोशी, वडाध्यक्षहरु रबीन्द्र ज्याख्व, हरिप्रसाद बासुकला, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र खानेपानी कार्यालय भक्तपुरका प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले शुक्रबार संयुक्त रुपमा कटुञ्जेस्थित खानेपानी ट्यांकीमा स्थलगत निरीक्षण गरेको उनले स्मरण गरे।

सोही अवसरमा प्रमुख प्रजापतिले मेलम्चीको पानी छिटोभन्दा छिटो भक्तपुरमा वितरण गरेर खानेपानीको दीर्घकालिन समस्या समाधान गरिदिने बताए। त्यस अवसरमा आफूले केयुकेएलका प्रमुख मिलन शाक्य र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिव विक्रम राणासँग कुराकानी गरेको उनले बताए।

सोही क्रममा केयुकेएलका शाक्य र सीईओ राणाले २०७९ वैशाख १९ गतेबाटै कटुञ्जेको खानेपानी ट्यांकीमा मेलम्चीको पानी खसालिसकेको र अब छिटै भक्तपुरमा उक्त पानी वितरण हुने बचनवद्धता व्यक्त गरेको प्रजापतिले सुनाए।

कटुञ्जेमा हाल ६० लाख लिटर र १०/१० लाख लिटर गरी ८० लाख लिटर बराबर क्षमता भएको खानेपानी ट्यांकी निर्माण भइरहेको उनले अवगत गराए। खानेपानी पाइप बिछ्याउने कार्य सकिएलगत्तै भक्तपुरमा पनि मेलम्चीको पानी वितरण सुरु गर्ने उनले बताए।

कटुञ्जे खानेपानी ट्यांकीमा खसालिएको मेलम्चीको पानीको गुणस्तर परीक्षणलगत्तै मेलम्चीको पानी २४ सैं घण्टा पानी वितरण गर्न सकिने उनले बताए। कार्यक्रममा नगरपालिकाका मेयर, उपमेयरसहित १० जना नवनिर्वाचित वडा अध्यक्षहरुलाई सम्मान तथा बधाइ दिइएको थियो।

प्रकाशित: ७ जेष्ठ २०७९ १३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App