६ आश्विन २०८१ आइतबार
image/svg+xml

इलाममा असार १४ सम्म निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ महामारी नियन्त्रण र रोकथामका लागि भइरहेको निषेधाज्ञा अवधि असार १४ सम्मलाई बढाएको छ।

उदयपुरमा निषेधाज्ञा खुकुलो पार्दै एकसाता थपियो

उदयपुरमा निषेधाज्ञा खुकुलो पार्दै थप एकसाता लम्ब्याउने निर्णय भएको छ। वैशाख २५ देखि सुरु निषेधाज्ञाको छैठौं साता सोमबार राति १२ बजे सकिदै गर्दा अर्को एकसाता थप्ने निर्णय जिल्ला बिपत व्यवस्थापन समिति (डिसिएमसी) ले गरेको हो।

नेता र जनप्रतिनिधिबाटै निषेधाज्ञा उल्लंघन

बजारतिर केही दिनयता कोभिड संक्रमण नियन्त्रणोन्मुख देखिए पनि गाउँघर तिर अझै संक्रमण फैलिने क्रम कायमै रहेका बेला उदयपुर निर्वाचन क्षेत्र नं. १ का सांसद डा. नारायण खड्का उद्घाटन र पार्टी कार्यक्रम गर्दै हिड्नुले जिल्लाबासी खिन्न देखिएका छन्।

रसुवामा थप ७ दिन निषेधाज्ञा

रसुवामा थप ७ निषेधाज्ञा जारी हुने भएको छ। जिल्लामा कोभिड–१९ को बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी ७ दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो।

उपत्यकामा निषेधाज्ञा खुकुलो, एक साता थप

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ। आइतबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले निषेधाज्ञा एक साता लम्ब्याउने तर केही खुकुलो गर्ने निर्णय लिएको हो। पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि सोमबार राति १२ बजे सकिँदैछ।

उपत्यकामा निषेधाज्ञा खुकुलो, निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू

काठमाडौं उपत्यका थप एकसाता निषेधाज्ञा थप्ने निर्णय भएको छ। आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

ताप्लेजुङमा १४ असारसम्म निषेधाज्ञा, बैंकिङ सेवा ५ बजेसम्म खुल्ला रहने

निषेधाज्ञाका सर्तहरु पहिले भन्दा झन् खुकुलो बनाउँदै ताप्लेजुङमा १४ असार सम्मका लागि निषेधाज्ञाको अवधि थप गरिएको छ। यसअघि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर ६ बजे देखि १२ बज सम्म खुल्दै आएका खाद्यान्न सहितका बजार पसल बिहान ६ बजे देखि दिउँसो १ बजे सम्म खुल्ने भएका छन्

उपत्यकाको निषेधाज्ञा आजदेखि केही खुकुलो

तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका कायम रहनेछ। काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहित जेठ ३० गते बसेको संयुक्त बैठकले निषेधको आदेशलाई खुकुलो बनाउँदै असार १ देखि ७ गतेसम्म थप्ने निर्णय गरेको थियो।

जुम्लामा एक साता निषेधाज्ञा थप, उच्च सावधानी अपनाउन प्रशासनको अपिल

कोभिड १९ संकट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिले जुम्लामा एक साता निषेधाज्ञा थपेको छ । समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिएकोले जेठ ३१ देखि असार १२ गते सम्मको लागि निषेधाज्ञा थप गरिएको हो ।

कोरोना निषेधाज्ञाको खेलाँची

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न राजधानी काठमाडौँ उपत्यकाका प्रशासनले निषेधाज्ञा लगाएको डेढ महिना पूरा भयो। यो अवधिमा संक्रमण दर घट्दै गएको भन्दै निषेधाज्ञा खुकुलो पार्ने मनोविज्ञानमा प्रशासकहरू तयार देखिएका छन्।

खुकुलो पार्दै मोरङमा एक साता थपियो निषेधाज्ञा

सोमबार जिल्ला प्रशासन कार्यालय मोरङले सूचना प्रकाशित गरी खुकुलो प्रवधानसहित एक साताका लागि निषेधाज्ञा थप गरिएको उल्लेख छ।

रोल्पामा निषेधाज्ञा १० दिन थपियाे

रोल्पामा जेठ ३१ सम्मको निषेधाज्ञा १० दिन थपिएको छ। प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाका अनुसार असार १० गते सम्मका लागि बन्दाबन्दी थपिएको हो।

म्याग्दीमा एक साताका लागि थपियो निषेधाज्ञा

कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै म्याग्दीमा निषेधाज्ञा एकसाताका लागि थप गरिएको छ ।

इलाममा असार ७ गतेसम्म निषेधाज्ञा

अहिलेसम्म निषेधाज्ञा प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको जनाउँदै जिल्ला प्रशासन कार्यालयले संक्रमितको संख्या २ सयभन्दा तल नझरेसम्म निषेधाज्ञालाई निरन्तरता दिने सम्भावना देखिएको छ।

पाल्पामा चौथो पटक असार १२ सम्म थपियो निषेधाज्ञा

जिल्ला कोभिड संकट व्यवस्थापन समितिका निर्णय अनुसार गत वैशाख १७ गतेदेखि जारी निषेधाज्ञा पाल्पामा चौथो पटक थप गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्