८ वैशाख २०८१ शनिबार
समाज

म्याग्दीमा एक साताका लागि थपियो निषेधाज्ञा

कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै म्याग्दीमा निषेधाज्ञा एकसाताका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकमा सहभागीले कोरोना संक्रमणको जोखिम कायमै रहेपनि विभिन्न क्षेत्र सर्तसहित खुला रहने गरि निषेधाज्ञा लम्ब्याइएको हो ।  

प्रमु्ख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको डिसिसिएमसीको भर्चुअल बैठकबाट बैक तथा वित्तीय संस्थालाई १० देखि २ बजेसम्म मात्र सञ्चालन हुने, विकास निर्माणका गतिविधि समेत ठप्प भएकाले हार्डवेयर पसल र विद्यालयका पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  

नयाँ शैक्षिक सत्र नजिकिए पनि विद्यार्थीले पुस्तक नपाएको गुनासो विद्यालयले गर्न थालेपछि पुस्तक ढुवानीलाई समेत सहज हुने गरी पुस्तक पसललाई खोल्न दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञा अवधिमा तरकारी, खाद्यान्न, बिउबिजन, कृषि औजार, निर्माण सामाग्रीका पसलहरु बिहान ५ बजे देखि ११ बजेसम्म खुल्ला रहने छ ।  

अत्यावश्यक सेवाका लागी यसपटक एकघण्टा थप गरिएको छ । डिसिसिएमसीको बैठकले निर्णय गरेका बाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा सञ्चालन बन्द गरिएको छ । शैक्षिक संस्था, सार्वजनिक सवारी साधन सञ्चालनमा अर्को निर्णय नभएसम्मका लागि रोक लगाइएको छ । बैठकमा सहभागीले जनप्रतिनिधि सहितको सरोकारवाला  निकायका प्रतिनिधिले यसअगाडी लागु भएको नियमलाई केही खुकुलो बनाएर निषेधाज्ञा थप्न सुझाव दिएका थिए । वित्तीय संस्था र भिडभाड हुने क्षेत्र खुलेसँगै बजारमा चहलपहल बढ्ने भएकोले सतर्क भने हुनुपर्ने प्रजिअ अधिकारीले बताए । म्याग्दीस्मा बैशाख २३ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।

प्रकाशित: ३१ जेष्ठ २०७८ ०९:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App