१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रोल्पामा निषेधाज्ञा १० दिन थपियाे

रोल्पा सदरमुकाम। तस्बिर: दिनेश/नागरिक

रोल्पामा जेठ ३१ सम्मको निषेधाज्ञा १० दिन थपिएको छ। प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाका अनुसार असार १० गते सम्मका लागि बन्दाबन्दी थपिएको हो। ‘केहि खुकुलो बनाएका छौ। निर्माण सामाग्री ढुवानी दिने निर्णय भएको छ। सबै पसल बिहान १० बजे सम्म खोल्न पाईने छ ।’ सापकोटाका अनुसार ‘सबै बैङ्क सधै खोल्नु पर्ने र सबै सेवा दिनु पर्ने छ। होटल, शैलुन, ब्युटीपार्लर र शैक्षिक सस्था चाहि बन्द रहने छन्।

रोल्पामा केहि दिन कोरोना संक्रमितको संख्या घटेको देखिए पनि अबस्था अझै  सुधार भएको छैन। पछिल्लो २४ घण्टामा यहाँ १३ जना संक्रमित थपिएका छन् । जिल्लामा सकृय संक्रमितको संख्या ५ सय १० रहेको छ। यहाँ ४ हजार ९६ जनामा कोरोना परिक्षण गर्दा १ हजार ८ सय ३० जनामा संक्रमण भेटिएको हो।  

दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा १७ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढिको समेत मृत्यु भईसकेको छ। जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार अहिले सम्म १ हजार १ सय २१ जनाले कोरोना जितेका छन्। 

अझै पनि रोल्पामा प्रयाप्त परिक्षण, प्रयाप्त स्वास्थ्य सामाग्री, पुर्बाधार र जनशक्ती नभएको चिकित्सकहरुको गुनासो छ। संक्रमण बढिरहदा पनि जिल्लामा कोरोना नियन्त्रणमा गतिलो प्रयास भने भएको छैन। 

प्रकाशित: ३१ जेष्ठ २०७८ ११:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App