८ वैशाख २०८१ शनिबार
समाज

उदयपुरमा निषेधाज्ञा खुकुलो पार्दै एकसाता थपियो

जिल्ला प्रशासन कार्यालय उदयपुर। तस्बिर: महेश्वर/नागरिक

उदयपुरमा निषेधाज्ञा खुकुलो पार्दै थप एकसाता लम्ब्याउने निर्णय भएको छ। वैशाख २५ देखि सुरु निषेधाज्ञाको छैठौं साता सोमबार राति १२ बजे सकिदै गर्दा अर्को एकसाता थप्ने निर्णय जिल्ला बिपत व्यवस्थापन समिति (डिसिएमसी) ले गरेको हो।  

समितिको आईतबारको बैठकले निषेधाज्ञा असार १५ सम्म जारी राख्ने तर, बजार पसल  खुकुलो पार्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले बताए। उनका अनुसार असार मसान्त नजिकिएकाले विकास निर्माणका काम सहज बनाउन र सर्वसाधारणको दैनन्दिन जीवन चलाउन बजार पसल विहान ६ देखि साँझ ६ बजेसम्म खुल्न दिने निर्णय भएको हो।

यसअघि विहान ७ देखि १२ बजेसम्म मात्र बजार पसल खुल्दै आएको थियो। अव बैंक, बित्तीय संस्थाहरु, दुईपांग्रे सवारीसाधन पनि कोविड सुरक्षा सतर्कता अपनाएर चल्न दिइने भएको छ। सार्वजनिक यातायात भने अहिले चल्न नदिने निर्णय गरिएको सेंढाईले बताए। सैलुन, स्वीमिङ पुल, पाटी प्यालेस तथा व्युटीपार्लर पनि खोल्न पाइने छैन। तर, अत्यावश्यक कामबाहेक जथाभावी आउजाउ र सवारी सञ्चालनमा निन्त्रण भने कायमै राखिने छ। ‘लामो समयदेखि जारी निशेधाज्ञा अव बिस्तारै खुकुलो पार्दै लाने निर्णय भयो’ सेंढाईले भने ‘सर्वसाधारणको दैनिक जीवन गुजारालाई पनि मध्येनजर राखेर, विकास निर्माणका कामहरु सहज बनाउन पनि खुकुलो पारिएको हो।’

अहिले पनि जिल्लामा कोभिड संक्रमण भने नियन्त्रणमा आईनसकेको उनले बताए। बजारतिर संक्रमण घट्दो र विरामी निको हुने क्रम बढे पनि गाउँघरमा अझै संक्रमण नघटेकाले सचेत हुन आवश्यक रहेको सिडिओ सेंढाईको भनाई छ। निर्माणको काममा भने यसअघि पनि पूर्णत बन्देज लगाइएको थिएन। सुरुका दुईसाता निर्माण सामग्री बिक्री गर्ने पसलहरु बन्द गरिएको थियो भने ओसारपसार गर्ने सवारी साधनलाई पास दिएर काम सुचारु राखिएको थियो। पछिल्लो सातायता भने पसल र सवारी साधन खुल्ला गरिएको छ। 

प्रकाशित: ७ असार २०७८ ०९:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App