१० आश्विन २०८१ बिहीबार
image/svg+xml

जुम्लामा वडाध्यक्षबाटै जातीय विभेद, प्रहरीले जाहेरी लिन मानेन

सिंजा गाउँपालिका–६ मा नेमकिपाबाट निर्वाचित वडा अध्यक्ष कालीबहादुर बुढाले स्थानीय दलित युवा विवेन्द्र नेपालीमाथि जातीय रूपमा गालीगलौज र कुटपिट गरेका छन्। असार ६ गते वडाध्यक्ष बुढाले गाउँमा खानेपानी आएको भन्दै घरघरमा खानेपानीको दाबी गरेपछि दलितयुवा विवेन्द्रले विरोध गरेका थिए।

सिद्धार्थ राजमार्ग अवरुद्ध : पाल्पामा पहिरोले ५ घर बगायो, एकको मृत्यु, ७ घाइते

दर्जनौं स्थानमा पहिरोका खसेका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्ड बन्द भएको छ। धेरै स्थानमा पहिरो खसेका कारण आज राजमार्ग सञ्चालनमा आउन कठिनाई पर्ने बताइएको छ।

दिप्रुङ चुईचुम्मामा पत्रकारलाई प्रोत्साहन भत्ता दिन सुरु

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ५५ वर्ष उमेर नाघेका तथा नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पुगेका पत्रकारलाई प्रोत्साहन भत्ता दिन सुरु गरेको छ ।

आठराइ त्रिबेणी गाउँपालिकामा संक्रमितकाे संख्या बढ्दै, मृतककाे संख्या १८ पुग्यो

ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकामा एकपछि अर्को गर्दै कोरोना संक्रमितको संख्या बढी रहेको पाइएको छ। स्वास्थ्य कार्यालय ताप्लेजुङले अद्यावधिक गरेको विवरण अनुसार आठराइ त्रिबेणी गाउँपालिकामा १ सय ६९ जना कोरोना संक्रमित रहेका छन्।

विद्युत र इन्टरनेट नभएपछि गोरखाको धार्चे गाउँपालिकाको सेवा धादीङबाट

इन्टरनेट नचल्दा विद्युतिय प्रक्रियाबाट भुक्तादी दिन, अन्य कागजात तयार गर्न समस्या भएपछि असार १३ गतेदेखि त्रिपुरासुन्दरी २ स्थित बेम्बो होटलबाट सेवा सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत रामबहादुर अधिकारीले बताए।

किसानलाई उन्नत जातका बाख्रा र बोका वितरण

गाउँपालिकाको वडा नं १ धापमा रहेको धाप इनोभेटिक पशुपालन कृषि समूहलाई १३ वटा उन्नत जातको बोयर बाख्रा र २ वटा बोका वितरण गरेको हो।

नयाँ आर्थिक वर्ष दिप्रुङको ‘फिनिसिङ’ वर्ष

असार १० गतेको गाउँसभाले आर्थिक वर्ष २०७४/०७५ मा सुरु गरिएका तथा अन्य योजनालाई आर्थिक वर्ष २०७८/०७९ भित्र सम्पन्न गर्ने लक्ष्यका साथ ‘फिनिसिङ’ वर्षको रुपमा बिताउने नीति लिएको हो।

४५ वर्षे पुरुषसँग बिहे गराइएकी बालिकाको उद्दार

सन्दकपुर गाउँपालिकाका पुरुषसँग २ वर्षअघि १५ वर्षकै उमेरमा बालिकाको बिहे भएको थियो। ती बालिकाकी १ वर्ष ८ महिनाकी छोरीसमेत छिन्।

सल्लेरीका बिस्थापित घरधुरीलाई नगद सहित राहत वितरण

चुमनुब्री गाउँपालिका–३ को सल्लेरीका बाढी प्रभावितलाई नगद सहित खाद्यान्न, टेन्ट, सरसफाई सामग्री वितरण गरिएको छ ।

गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान

लिखु गाउँपालिकामा आइसोलेशन सञ्चालन गर्नका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर मेशिन, पाँच थान श्यया तथा श्ययालाई आवश्यक पर्ने सम्पूर्ण स्वास्थ्य सामग्रीहरु लिखु ओखलढुङ्गा कोभिड–१९ नियन्त्रण सहयोग समितिका संयोजक सुरेन्द्र बोगटीलाई प्रदान गरे।

उत्तरी धादिङमा पहिरो खस्दा दुई जना बेपत्ता

उत्तरी धादिङको रुविभ्याली गाउँपालिका वडा नं २ मा तिप्लिङको अता खोला नजिकै पहिरो खस्दा दुई जना बेपत्ता भएका छन् ।

मिनि–अक्सिजन प्लान्ट जडान गर्दै ऐसेलुखर्क गाउँपालिका

कोभिड–१९ को महामारीका बिचमा संक्रमितका लागि आवश्यक अक्सिजनको अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक र प्राविधिक सहयोगमा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मिनि–अक्सिजन प्लान्ट जडान सुरु गरिएको हो।

म्याग्दीमा पहिरोमा घाइते दुई जनालाई उपचारका लागि पोखरा पठाइयो

म्याग्दीको मंगला गाउँपालिका–५, अर्मन सिर्कुममा पहिरोमा पुरिएर घाइते भएका दुई जनालाई उपचारका लागि पोखरा पठाइएको छ ।

सुरु भयो बाढी पहिरोको जोखिम, तयारीमा जुट्दै स्थानीय तह

गाउँपालिकाले संचालन गरेको विप्द कोषबाट गत वर्ष खोज, उद्धार र राहतका लागि सहयोग गरेको गाउँपालिकाले जनाएको छ।

वर्षे धान भित्र्याउँदै किसान

मुलुकभर फैलिएको कोरोना भाइरस रोकथामका लागि जारी निषेधाज्ञा जारी रहँदा सिन्धुलीको तीनपाटन गाउँपालिकाका किसान धान काट्न व्यस्त छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्