१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सल्लेरीका बिस्थापित घरधुरीलाई नगद सहित राहत वितरण

गोरखा सदरमुकामबाट राहत लिएर जाँदै गरेको हेलिकप्टर । तस्बिरः नागरिक

चुमनुब्री गाउँपालिका–३ को सल्लेरीका बाढी प्रभावितलाई नगद सहित खाद्यान्न, टेन्ट, सरसफाई सामग्री वितरण गरिएको छ । सोमवार गोरखा सदरमुकामबाट हेलिकप्टरले ४८ बोरा चामल, ६० लिटर तेल, एकसय २० किलो दाल, एकसय किलो नुन ढुवानी गरेको हो ।  

माउन्टेन चाईल्ड नामक संस्था, सिम्रिक एयरलाईन्सको सहयोगमा प्रशासन कार्यालय, गैरसरकारी संस्था महासंघ, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाको समन्वयमा संकलन गरिएको राहत सामाग्री ढुवानी गरिएको हो । बाढीबाट घर बगाएका पाँच घरधुरी र बिस्थापित भएका २१ धुरीलाई उक्त सामग्री वितरण गरिने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।  

औषधी, हाईजिन किट, स्तरीय टेन्ट पनि बितरण गरिएको छ । बाढीबाट घर बगाएका बिस्थापित छ परिवारलाई प्रतिघरधुरी ३० हजार र प्रभावितलाई १५ हजार रुपैयाँ नगद पनि वितरण गरिएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिले हेलिकप्टरमा उक्त ठाउँमा सामान पु¥याएर प्रभावितलाई बितरण गरेको प्रशासन कार्यालयका लेखापाल तुल्सीराम खनालले बताए । २० घरधुरीलाई १५ हजार र ६ घरधुरीलाई ३० हजार रुपैयाँका दरले राहत वितरण गरिएको उनले बताए ।  

अहिले तत्कालका लागि नदीमा पानीको सतह घटेकाले जोखिम कम रहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । ‘पानी बढेपछि जोखिम बढ्छ, अहिले तत्कालका लागि समस्या छैन’ उनले भने ‘खाद्यान्न पनि हामीले केही समयलाई पुग्ने पु¥याएका छौँ ।’ घरवार विहीन भएकालाई थप राहतका लागि प्रदेश र संघीय सरकारसँग अनुरोध गर्ने उनले बताए ।  

प्रकाशित: ७ असार २०७८ ११:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App