८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

मिनि–अक्सिजन प्लान्ट जडान गर्दै ऐसेलुखर्क गाउँपालिका

फाइल फोटो

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा मिनि–अक्सिजन प्लान्ट जडान सुरु गरिएको छ। कोभिड–१९ को महामारीका बिचमा संक्रमितका लागि आवश्यक अक्सिजनको अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक र प्राविधिक सहयोगमा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मिनि–अक्सिजन प्लान्ट जडान सुरु गरिएको हो। गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाको पहलमा प्राथमिक स्वास्थ्य केन्द्रमा एकैसाथ १३ वटा बेडका बिरामीलाई सिधै अक्सिजन दिन मिल्ने गरी मिनि–अक्सिजन प्लान्ट जडानको काम सुरु गरिएको हो।

तीन दिनमा काम सक्ने गरी राष्ट्रिय आविष्कार केन्द्रका ७ जनाको टोलीले बिहीबारदेखि मिनि–अक्सिजन प्लान्ट जडानको काम सुरु गरेका छन्। जिल्ला अस्पताल दिक्तेलमा अक्सिजन प्लान्ट जडानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट बिनियोजन गरिसकेको अवस्थामा ऐसेलुखर्क गाउँपालिकाले आफ्नै पहलमा मिनि–अक्सिजन प्लान्ट जडानको काम सुरु गरेको हो।  

ऐसेलुखर्क गाउँपालिकामा खोटाङमै पहिलो मिनि–अक्सिजन प्लान्ट जडानको काम थालिएको हो। मिनि–अक्सिजन प्लान्ट जडानपछि महामारी थप जटिल बने र संक्रमितलाई अक्सिजनको आवश्यकता परेको अवस्थामा अक्सिजनको अभाव नहुने ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष निरौलाले बताए। विभिन्न उपकरणको प्रयोगमा ७ वटा अक्सिमिटरबाट संकलन गरिएको अक्सिजन ट्यांकीमा पु¥याउने र ट्यांकीबाट पाइपमार्फत बेडमा पुर्याउने व्यवस्था मिलाइने छ। मिनि–अक्सिजन प्लान्ट जडानका लागि राष्ट्रिय आविष्कार केन्द्रबाट करिब २० लाखको दुई गाडी सामग्री ऐसेलुखर्क गाउँपालिका पु¥याइएको छ। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं वैज्ञानिक महाबीर पुनलाई आग्रह गरेर मिनि–अक्सिजन प्लान्ट जडानको काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ।  

मिनि–अक्सिजन प्लान्टबाट उत्पादन हुने अक्सिजन आइसोलेसनका ६ बेडमा, सामान्य वार्डका ६ बेडमा र बर्थिङ सेन्टरका १ बेडमा जडान गर्ने तयारी गरिएको अध्यक्ष निरौलाले बताए। ‘अक्सिजनको सा¥है समस्या भयो भनेपछि मेरो आग्रहलाई महाबीर पुनले स्वीकार गर्नु भयो। अब हाम्रो गाउँपालिकामा अक्सिजनको अभाव हुने छैन। सिलिण्डर बोकेर कुदिरहनु पर्दैन’, गाउँपालिका अध्यक्ष निरौलाले भने, ‘२० लाखको त उपकरण मात्रै ल्याइएको छ। गाउँपालिकामा नियमित अक्सिजनको आपुर्ती हुने अपेक्षा गरेका छौँ। पहाडी जिल्लामा यस्तो प्रविधि जडान गर्न लागिएको भन्दै जान्ने बुझ्ने अचम्मित छन्।’ 

प्रकाशित: ३ असार २०७८ १२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App