coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सेती प्रादेशिक अस्पताललाई एक करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ।

बतास फाउण्डेशनद्वारा अक्सिजन प्लान्ट हस्तान्तरण

सरकारी अस्पतालमा अब अक्सिजनकै अभावमा विरामीले सकस भोग्नुपर्ने छैन्। कोरोनाकालमा अक्सिजनकै अभावमा विरामीले ज्यानै गुमाउनुपर्ने अवस्था थियो। अक्सिजनको चरम अभाव बढेपछि निजी संस्था बतास अर्गनाईजेशन अन्तर्गतको बतास फाउण्डेशनले पोखराकै पुरानो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल(पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान)भित्र प्लान्ट जडान गर्ने उदघोष गरेको थियो।

ठेकेदारको लापरबाही: कमसल ट्रस भवनमा अक्सिजन प्लान्ट स्थापना

जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको छ।

अक्सिजन प्लान्टमा विस्फोट, दुईको मृत्यु

ग्यास भर्ने क्रममा एकाएक एउटा सिलिन्डर पड्कियो। त्यसपछि धमाधम अरू सिलिन्डर पड्किन थाले। त्यसक्रममा सिलिन्डर भरिरहेका भारतीय नागरिक वृजमोहन महतो र राजकुमार महतोको ज्यान गएको प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

वीरेन्द्रनगरमा ठूलो क्षमताको अक्सिजन प्लान्ट

वीरेन्द्रनगरस्थित कटकुवा नगर अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरु गरिएको छ।

क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा अक्सिजन प्लान्ट जडान

एक करोड ४५ लाखको लागतमा अक्सिजन प्लान्ट जडान गरिएको चिकित्सालयका अध्यक्ष डा मनोजमान श्रेष्ठले जानकारी दिए।

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा.बद्री रिजाल समेतको पहलमा यो प्लान्ट ल्याउन सफल भएको पर्वत अस्पतालका निवर्तमान अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए।

भारत सरकारद्वारा अक्सिजन प्लान्ट हस्तान्तरण

भारत सरकारले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपहारस्वरुप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ।

कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा

कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ। प्लान्ट निर्माणको काम भइसकेको र केही दिन मै प्लान्ट संचालनमा आउने अस्पतालका मेसु किशोर बन्जाडेले बताए।

८ जिल्ला अस्पतालमा वृहत अक्सिजन प्लान्ट जडानको तयारी

यसअघि मकवानपुरको हेटौँडा, नुवाकोटको त्रिशूली, भक्तपुरको भक्तपुर अस्पताल र सिन्धुलीको सिन्धुलीमाडी अस्पतालमा प्रदेश सरकारले वृहत अक्सिजन प्लान्ट जडान गरिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

भारतले दियो वीपी प्रतिष्ठानलाई प्रतिमिनेट हजार लिटर उत्पादन क्षमताको अक्सिजन प्लान्ट

भारतले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अक्सिजन प्लान्ट सहयोग गरेको छ।

अक्सिजन प्लान्ट अझै अनिश्चित

दोस्रो लहरको कोभिड–१९ महामारीका बेला अक्सिजन प्लान्ट जडान गर्न पूर्वीपहाडी जिल्लालाई बजेट छुट्टिएपनि कार्यान्वयन अनिश्चित बनेको छ। प्लान्टका लागि दररेट नै पेश हुन नसक्दा खरिदप्रक्रिया अघि बढ्न नसकेको हो ।

धादिङ अस्पतालमा अक्सिजन प्लान्ट संचालन

धादिङ अस्पतालले आफ्नै अक्सिजन प्लान्ट संचालनमा ल्याएको हो। प्लान्ट संचालन गरेसँगै बिरामीको बेडमै पाइपलाइनबाट अक्सिजन पुर्‍याइएको छ। प्लान्टले प्रतिमिनेट ८५–९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए।

मिनि–अक्सिजन प्लान्ट जडान गर्दै ऐसेलुखर्क गाउँपालिका

कोभिड–१९ को महामारीका बिचमा संक्रमितका लागि आवश्यक अक्सिजनको अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक र प्राविधिक सहयोगमा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मिनि–अक्सिजन प्लान्ट जडान सुरु गरिएको हो।

किनकि ममी–बाबाहरु बाँच्नुपर्छ

‘चिकित्सक नभएमा बिरामी तुरुन्तै मर्देनन् तर अक्सिजन नभएमा तुरुन्तै मर्छन,’ भक्तपुर डाक्टर सोसाइटीका अध्यक्ष डा. पुण्यराम खर्बुजाले भने, ‘त्यसैले हामीले अक्सिजन प्लान्ट खोल्ने भक्तपुर नगरपालिकको अभियानमा थोरै भएपनि सहयोग गर्न आएका हौं।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्