कपिलवस्तुको महाराजगंज नगरपालिकाको बर्गदा घटना सम्बन्धमा १० जना पक्राउ परेका छन । सोही घटनाको आरोपमा प्रहरीले शनिबार पक्राउ परेका १० जना माथी मुद्दा चलाउने तयारी गरेको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए ।
६ जना मन्दिर तोडफोड र ४ जना हिंसात्मक प्रर्दशनमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको उनले बताए । बर्गदामा रहेको मस्जिदमा ईदका अवसरमा नवाज पढनेक्रममा नजिकै रहेको काली मन्दिरमा चर्को स्वरमा भजन लागाइएको बिषयमा बिवादले अग्ररुप लिएको थियो ।
सोही बिषयमा शनिबार बिहानैदेखि जिल्लाका बर्गदा, जिगनाहा चौराहा, बहादुरगंज लागतयका स्थानमा बिरोध प्रर्दशन भएको थियो । हिन्दु समुदायले काली मन्दिरमा तोडफाड भएको आरोप लगाएका छन ।
तोडफोड र ढुंगा हानेको भिडियो सामाजिक संजालमा भाईरल भएका छन । घटना पछि गरिएको प्रर्दशनले अग्ररुप लिएको थियो । घटनामा प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाउदा ५ जना घाईते भएका थिए ।
त्यस मध्ये ३ जनाको भैरहवा मेडीकल कलेजमा, एक जनाको चितवनमा र एक जनाको बहादुरगंज अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । आईतावार भने तौलिहवा, कपडी र चन्द्रौटा क्षेत्रमा प्रर्दशनकाक्रमा पक्राउ गरिएकोहरुलाई सम्झाई बुझाई केही बेर मै छाडिएको सिंहले बताए । घटनाको बिरोधमा आईतावार दिउसो कृष्णनगर चन्द्रौटा पकडी लबनी तौलिहवा लागतयका स्थानमा बिरोध समेत गरिएको थियो ।
घटनाका बिषयमा आईतावार जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफल गरी दोषीलाई पक्राउ गरी कारबाही गर्ने, शान्ति स्थापना र सभदभाव कायम गर्न पहल गर्ने सहीत ६ बुँदे निर्णय गरेको थियो । यस्तै प्रशासनले आईतवार नै निषेधित क्षेत्रको बिस्तार गरी अर्को सुचनासमेत निकालेको छ ।
सर्वपक्षीय निर्णय पछि आईताबार साँझदेखि नै कपिलवस्तुको जन जीवन बिस्तारै सामान्य तर्फ फर्किन थालेको छ । साझदेखि तौलिहवामा मानिसको चलहपलह पढनुका साथै सवारी साधान समेत चल्न थालेको छ ।
प्रकाशित: ८ चैत्र २०८२ २१:३४ आइतबार





