१० आश्विन २०८१ बिहीबार
image/svg+xml

धान बालीमा फड्के किराको प्रकोप

सुरुमा डुम्रेधारापानीको बेँसी क्षेत्रमा पर्ने कटहरेमा पसाउने बेलाका धान बाली पहेँलो हुँदै जाने र मर्ने समस्या देखिएको जानकारी आएपछि कृषि प्राविधिक पठाएर समस्याको कारण फड्के किरा भएको पहिचान गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राईले बताए।

कोरोना संकटमा भरोसा बन्दै गंगा

कोरोनाको दोस्रो लहरमा जुम्ला तातोपानी गाउँपालिकाकी उपाध्यक्ष गंगादेवी उपाध्याय संक्रमित व्यवस्थापनमा निकै खटिएकी छिन्। उनी संक्रमितको घरमै पुगेर संस्थागत आइसोलेसनमा बस्न आग्रह गर्छिन्। यहाँका घर होम आइसोलेसन बनाउन लायक छैनन्। घरमा बस्दा परिवारै संक्रमित हुन सक्ने खतरा भएकोले गाउँपालिकाले बनाएको संस्थागत आइसोलेसनमा बस्नको लागि सुझाउँछिन्।

ताप्लेजुङमा बुधवारबाट कोरोना बिरुद्धको खोप सुरु

मंगलबार बसेको कोरोना खोप व्यवस्थापन तथा अनुगमन समितिको बैठकले कोभिड शिल्ड खोपको प्रथम डोज लगाउन छुट भएका ५५ वर्ष भन्दामाथि उमेर समूहका व्यक्तिलाई खोप लगाउने निर्णय लिएको हो।

जुम्लाको हिमशिखर माविमा लगातार तीनपटक चोरी

सोमबार राति १२ बजेतिर विद्यालयमा तोडफोड र चोरी भएको थियो। चोरी गरिरहेकै अवस्थामा विव्यस अध्यक्ष रुद्रसिंह मल्ल र उनकी पत्नी गौरा मल्लले थाहा पाएपछि चोरी तथा तोडफोडमा संलग्नलाई नियन्त्रणमा लिएका हुन।

गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

ल्याकोसका अध्यक्ष सन्तोष घलेले गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेट, सर्जिकल मास्क, सेनिटाइजर लगायतका सामग्री हस्तान्तरण गरेका छन्।

साकेला गाउँपालिका थप एक हप्ताका लागि सिल

खोटाङको साकेला गाउँपालिका थप एक हप्ताकालागि सिल गरिएको छ। कोभिड–१९ को महामारी हालसम्म कायम रहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाको सिल अवधि थप ७ दिनका लागि लम्व्याइएको हो।

एउटै गाउँका २७ जनाको परीक्षणमा ९ जनामा संक्रमण

कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका बिरामी फेला परेपछि वडाको समन्वयमा परीक्षण गरिएको वडाध्यक्ष विशाल खड्काले बताए।

गाउँमै अस्पताल हुँदा आयु बढ्ने रहेछ

गाउँमा अस्पताल नहुँदो हो त सायद आमालाई पोखरासम्म लगेर पनि बचाउन मुस्किल थियो । तर, गाउँमा अस्पताल भएकै कारण बेलैमा उपचार गराउन पाउँदा ज्यान जोगियो ।

कोरोनाबाट मृत्यु भएका परिवारलाई गाउँपालिकाले ५० हजार दिने

दैलेखको महाबु गाउँपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएमा परिवारलाई ५० हजार रुपैयाँ दिएको छ। कोरोना संक्रमितको निःशुल्क उपचार पनि गर्दै आइरहेको गाउँपालिकाले मृत्यु भएका किरिया खर्चबापत नगद ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो।

दुर्गममा जाँदैनन् डाक्टर! गाउँमा अझैँ नियन्त्रणमा छैन कोरोना

पाल्पाका अधिकांश पालिकाहरुले कोभिड १९ सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै अक्सिजनसहितको कोरोना अस्पताल सञ्चालनमा ल्याएका छन् । जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकाले स्वास्थ्यकर्मी, अक्सिजन, स्वास्थ्य सामग्रीसहितको कोरोना अस्पताल निर्माण गरी संचालनमा ल्याएका छन् ।

नदीमा डुबेर एक किशोर बेपत्ता

आफन्तको मलामी गएका किशोर नुहाउने क्रममा मंगलबार बिहान साढे ११ बजेतिर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

मकैबारीबाट १ लाख ८ हजारको किराना सामान बरामद

मकै बारीबाट सशस्त्र प्रहरीले १ लाख ८ हजार रुपैयाँ बराबरको विभिन्न किराना सामान बरामद गरेको छ।

बिपत्तीले बिचल्ली : काख खोसिएपछि साथ खोज्दै चार छोरी

मनमा पीडा अनि जिम्मेवारीले थिचिएकी कुमारी निशब्द छिन्। अर्को कोठामा सुतेका १२ वर्षीया करिश्मा, ९ वर्षीया गंगा र ७ वर्षीया सपनाले बिहान बुवा, आमा र भाइको मृत शरीर देखेका थिए। घटनाले विक्षिप्त उनीहरु यतिबेला सहाराको खोजीमा छन्।

सिरिजङ्घामा दश ठाउँमा फिभर क्लिनिक सञ्चालन

क्लिनिकहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई मासिक १५ हजार रुपैयाँ प्रोत्साहन रकम दिने भएको छ। सामुदायिक स्वास्थ्य केन्द्र सिकैचाको ओसे र खाम्दिम्बेमा समेत फिभर क्लिनिक सञ्चालन गर्ने तथा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई मासिक ५ हजार रुपैयाँ प्रोत्साहन रकम दिने निर्णय गाउँ कार्यपालिकाले गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए।

रसुवाको नौकुण्ड गाउँपालिकामा एक वडाबाट अर्को वडामा जान रोक

रसुवाको नौकुण्ड गाउँपालिकामा एक वडाबाट अर्को वडामा आवतजावत गर्न नपाइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्