१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

ल्याकोसका अध्यक्ष सन्तोष घलेले गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै। तस्बिरः हिमनाथ/नागरिक

रसुवाको आमाछोदिङ्मो गाउँपालिकालाई मंगलबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । कोभिड–१९ को जोखिमलाई मध्यनजर गरेर लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज (ल्याकोस) ले विभिन्न सामग्री प्रदान गरेको हो।  

ल्याकोसका अध्यक्ष सन्तोष घलेले गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेट, सर्जिकल मास्क, सेनिटाइजर लगायतका सामग्री हस्तान्तरण गरेका छन्। 

संस्थाले २५ थान पीपीई सेट, सर्जिकल माक्स १० बाकस, डिजिटर थर्मामिटर ५ सेट, पल्स अक्सिमिटर ५ सेट, एन नाइन्टी फाइभ माक्स सय थान, सर्जिकल ग्लोबस् ५ बाकस तथा सेनिटाइजर पाँच लिटर रहेको संस्थाले जनाएको छ।

कोभिड– १९ संक्रमण फैलन नदिन तथा नियन्त्रणका लागि गाउँपालिकाको दुर्गम स्थानका स्वास्थ्य चौकिहरूमा यी सामग्रीहरुको प्रयोग गरिने गाउँपालिकाका अध्यक्ष तामाङले बताए।

प्रकाशित: २५ जेष्ठ २०७८ ११:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App