coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

साकेला गाउँपालिका थप एक हप्ताका लागि सिल

खोटाङको साकेला गाउँपालिका । फाइल तस्बिर

खोटाङको साकेला गाउँपालिका थप एक हप्ताकालागि सिल गरिएको छ। कोभिड–१९ को महामारी हालसम्म कायम रहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाको सिल अवधि थप ७ दिनका लागि लम्व्याइएको हो।  

जेठ १६ गतेदेखि हप्ता दिनका लागि थप गरिएको सिल अवधि सकिए लगत्तै आइतबारदेखि लागू हुनेगरी पुन: गाउँपालिका सिल गरिएको हो। कोभिड–१९ को महामारीबाट बच्ने र बचाउने अभियानका क्रममा गाउँपालिकाले आवत–जावत गर्न नपाउनेगरी गाउँपालिकालाई पूर्णरुपमा सिल गरिएको जनाएको छ।  

गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले जारी गरेको सूचनामा सिल अवधिमा पालिकाभित्र कुनै भिडभाड, भोजभतेर, समिक्षा, गोष्ठी, तालिम लगायतका जमघट हुने कार्यक्रम नगर्न/नगराउन आग्रह गरिएको छ। यस्तै, गाउँपालिकाको आन्तरिक प्रशासनिक कामकाज र अत्यावश्यक सेवा बाहेकका अन्य सेवा प्रवाह बन्द गरिएको सूचनामा उल्लेख छ। उपभोग्य वस्तु किनमेलका लागि बजार क्षेत्रभित्रको खाद्यान्न पसल भने प्रत्येक बिहान ७ बजेदेखि ८ बजेसम्म खोल्ने/खुलाउने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ।  

कोभिड संकट व्यवस्थापन समितिको गत बैसाख २५ गतेको बैठकले हप्ता दिनका लागि पहिलोपल्ट गाउँपालिका सिल गर्ने निर्णय गरेको थियो। त्यो बेला गाउँपालिकाले संक्रमित क्षेत्रबाट आउने पालिकावासीले सम्वन्धित वडा कार्यालयमा पिसिआर रिपोर्ट पेश गर्नुपर्ने र कम्तीमा १० दिनसम्म होमआइसोलेसनमा बस्नुपर्ने, गाउँपालिकाभित्र निर्माणाधिन योजना र आयोजनाका लागि आवश्यक कामदार पालिकाभन्दा बाहिरबाट नल्याउने, बाहिरबाट ल्याउन परे पिसिआर परिक्षण गरेर मात्र कामदार भित्र्याउन पाउने व्यवस्था गरेको थियो।  

यस्तै, बढिमा १० जनाको उपस्थितिमा मात्र बिवाह, ब्रतबन्ध, पास्नी, देवाली जस्ता धार्मिक तथा साँस्कृतिक कार्यक्रम गर्ने/गराउने, त्यस्ता कार्यक्रममा गाउँपालिकाभन्दा बाहिरका आफन्तलाई नबोलाउने, बोलाउनै परे पिसिआर परीक्षण गरेको नेगेटिभ रिपोर्ट लिएर मात्र आउनका लागि निमन्त्रणा गर्ने÷गराउने निर्णय गरेको थियो।

प्रकाशित: २४ जेष्ठ २०७८ १२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App