महेश बस्नेत भन्छन् : राहत, उद्धार र पुनःस्थापनामा सरकार असफल भयो
उनले महाविपत्तिको समयमा राहत, उद्धार र पुनःस्थापनाको नेतृत्व सरकारले नै गर्नुपर्ने भए पनि सरकारले प्राप्त नगद तथा अन्य स्रोतसाधन केन्द्रीकृत गरेर राखेको बताए।
उनले महाविपत्तिको समयमा राहत, उद्धार र पुनःस्थापनाको नेतृत्व सरकारले नै गर्नुपर्ने भए पनि सरकारले प्राप्त नगद तथा अन्य स्रोतसाधन केन्द्रीकृत गरेर राखेको बताए।
भीषण बाढीबाट उत्पन्न विपद्का कारण मुलुक शोकको अवस्थामा रहेको तथा राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरू खोज, उद्धार तथा राहत कार्यमा खटिनुपर्ने अवस्थालाई ध्यानमा राख्दै कार्यक्रम रद्द गरिएको हो।
भोटेकोशी र त्रिशूली नदीको भीषण बाढीले सडक कटान गरेपछि अवरुद्ध बनेको देशकै लाइफलाइन पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्ड सञ्चालनमा आउन अझै कम्तीमा १५ दिन लाग्ने भएको छ।
अगस्ट ३१ मा आएको फैसलाले सन् १९६० मा भएको सिन्धु जल सन्धि अझै कानुनी रूपमा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १०२ मध्ये १९ शवको सनाखत भएको छ।
डब्ल्यूएचओले आपत्कालीन स्वास्थ्य प्रतिकार्य तथा पुनर्स्थापना प्रयासलाई सहयोग पुर्याउने उद्देश्यले करिब १० हजार मानिसलाई तीन महिनासम्म स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने सामग्री नेपाललाई प्रदान गरेको जनाएको छ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आह्वान गरेको सर्वदलीय बैठकले बाढीपहिरोको यस महाविपत्तिमा विभाजित नभई सबै राजनीतिक दल एकजुट हुनुपर्ने निष्कर्ष निकालेको छ।
पूर्व यातायात व्यवस्थापन प्रालिले रसुवा बाढी प्रभावित क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
सभामुख डीपी अर्यालले रसुवा बाढीपिडीतका लागि एक महिनाको तलब दिने भएका छन्।
भोटेकोशी बाढीका कारण प्रभावित भएको त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्य मंगलबार बिहानैदेखि तीव्र पारिएको छ।
कार्यालयले ज्यानको जोखिम मोलेर वा अवैध रूपमा नदी किनारबाट काठ संकलन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
मंगलबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मित्रराष्ट्रबाट आएका प्राविधिक टोली नेपाली सुरक्षाकर्मीसँग समन्वय गरी उद्धार तथा शव पहिचानमा परिचालित भएको बताए।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका नागरिकको राहत र उद्धारमा सघाउने उद्देश्यले पोखराका व्यावसायी नारायण पौडेल अध्यक्ष रहेको संस्थाबाट ४१ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।
नेकपा (एमाले) ले भोटेकोशी-त्रिशूली बाढी प्रभावित क्षेत्रका नागरिकहरूलाई निःशुल्क खाना उपलब्ध गराउन स्थलगत रूपमै ‘फुड स्टेसन’ सञ्चालन गर्ने भएको छ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक समस्या र पार्टी एकढिक्का बनाउने बिषयमा आज पार्टीका विभिन्न तहका नेताहरुसँग छलफल गरेका छन्।