११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सिरिजङ्घामा दश ठाउँमा फिभर क्लिनिक सञ्चालन

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले १० ठाउँमा फिभर क्लिनिक सञ्चालन गर्ने भएको छ। बढ्दो कोरोना संक्रमणलाई न्यूनीकरण गर्न गाउँपालिकाले १० वटा स्वास्थ्य केन्द्रमा क्लिनिक सञ्चालन गर्ने भएको हो।

साथै, क्लिनिकहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई मासिक १५ हजार रुपैयाँ प्रोत्साहन रकम दिने भएको छ। सामुदायिक स्वास्थ्य केन्द्र सिकैचाको ओसे र खाम्दिम्बेमा समेत फिभर क्लिनिक सञ्चालन गर्ने तथा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई मासिक ५ हजार रुपैयाँ प्रोत्साहन रकम दिने निर्णय गाउँ कार्यपालिकाले गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए।

यस्तै गाउँपालिकाले सञ्चालन गरेको ५ शय्याको कोभिड अस्पतालमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, कार्यालय सहयोगी, एम्बुलेन्स चालकलाई मासिक तलबको सुरु स्केलको ५० प्रतिशत रकम प्रोत्साहन स्वरुप उपलब्ध गराउने भएको छ।

गाउँ कार्यपालिकाको बैठकले कोभिड संक्रमण भई उपचारको क्रममा निधन भएका पालिकाभित्रका नागरिकलाई  शव अन्त्येष्टी खर्च बापत जनही २० हजार रुपैयाँ पनि उपलब्ध गराउने भएको छ।

यस्तै गाउँपालिकाले होम आइसोलेसनमा बसेका कोभिड संक्रमित बिरामीलाई पोषणयुक्त खाना खुवाउनमा सहयोग गर्न प्रति संक्रमित २ हजार रुपैयाँका दरले रकम उपलब्ध गराउने भएको छ। 

प्रकाशित: ११ जेष्ठ २०७८ १०:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App